Day: १६ जेष्ठ २०७७, शुक्रबार १३:४९

अष्ट्रेलियामा कोरोनाको खोप परीक्षण

अष्ट्रेलिया । संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ । अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा १३१ जना स्वयंसेवीलाई खोप दिनेछ र यसको प्रभावकारिताका संकेतहरूको जाँच गर्नेछ, कम्पनीका अनुसन्धान प्रमुख डा. ग्रेगरी ग्लेनले बताए । कोरोनाभाइरस विरुद्ध विश्वभर एक दर्जन प्रयोगात्मक खोपहरू परीक्षणका क्रममा रहेका छन् । प्रायः यी खोपहरु चीन, अमेरिका र युरोपमा परीक्षण भइरहेका छन् । तर अहिलेसम्म कुनै पनि खोप सुरक्षित र प्रभावी साबित भइसकेका छैनन् । यी खोप निर्माणमा भिन्न तरिका र उच्च प्रविधि अपनाइएका छन्...

Read More

नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो

काठमाडौं । नेपालमा शुक्रवार एकैदिन १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण्मा ८४...

Read More

अष्ट्रेलियाबाट नेपाल फर्कन चाहनेले फारम भर्न दुतावासको आग्रह

नेपाल सरकारले विदेशमा रहेका र नेपाल फर्किन चाहने नेपाली नागरिकहरुलाई नेपाल ल्याउने पहल स्वरुप विवरण संकलन कार्य सुरु गरेको छ। अष्ट्रेलिया स्थित नेपाली दुतावासले पनि नेपाल फर्किन चाहनेहरुलाई फारम भर्नको लागि आग्रह गरेको छ। जुन २ सम्म उक्त फारम भरिसक्नुपर्नेछ । उडान भने जुन ८ या त्यसपछि हुने बताइएको छ। दुतावासले फारम भर्ने व्यक्तिको स्थिति, नेपाल जानुपर्ने कारण र फारम भर्नेहरुको कुल संख्याको मूल्यांकन गरेर प्राथमिकताको आधारमा नेपाल पठाइने बताएको छ। नेपाल जान चाहने व्यक्तिले आफ्नो खर्च आफैले व्यहोर्नु पर्नेछ। उक्त खर्चमा हवाई टिकट, नेपाल पुगिसकेपछि क्वारेन्टाइनमा बस्दाको खर्च, नेपाल पुगेपछिको यातायात खर्च समेत पर्छ। नेपालमा पुगेपछि होटल क्वारेन्टाइनको...

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि दोब्बर बजेट विनियोजन

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई चालू आर्थिक वर्षको बजेटको तुलनामा दोब्बरभन्दा बढी बनाउँदै ११ अर्ब ६० करोड रकम विनियोजन गरेको जानकारी दिएका हुन् । सो कार्यक्रमलाई सङ्घ, प्रदेश र स्थानीय तहमा विस्तार गरी श्रममूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । उक्त कार्यक्रममा यस वर्ष थप दुई लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आर्थिक वर्षमा पाँच अर्ब एक करोड विनियोजन गरिएको थियो...

Read More

रुकुम घटनामा मृतक सबैको टाउकोमा चोट

जाजरकोट – रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ । बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो । स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चोट रहेको बताएका छन् । घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका–४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभुर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए । खोजीमा संलग्न भेरी नगरपालिका ११ का मुक्ति आचार्यले शवको टाउको कुच्चिएको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको बताए । भेरी...

Read More
  • 1
  • 2