Day: १४ जेष्ठ २०७७, बुधबार ०८:२६

अष्ट्रेलियाको नयाँ अकुपेशन लिस्ट अपडेटमा ढिलाई, ३८ पेशामा परिवर्तन आउने संकेत

मेलबर्न। संसारभर भएको कोरोना भाइरस प्रभावले अष्ट्रेलियाको पनि सरकारी काम देखी आम जीवनशैलीमा असर गरिरहेको छ। कोरोना भाइरस प्रभावकै कारण नयाँ अकुपेशन लिस्ट अपडेटमा समेत ढिलाई भएको छ। २०२० को मार्च महिनामा अपडेट हुनुपर्ने अकुपेशन लिस्ट कोरोना भाइरस प्रभावका कारण अपडेट हुन नसकेको हो। अब अपडेट हुने अकुपेशन लिस्टमा ३८ पेशामा परिवर्तनको संकेत गरिएको छ। ११ पेशा सुचीबाट हट्ने, १७ पेशामा फेरबदल हुने संकेत गरिएको छ भने ४ नयाँ पेशा सुचीमा थपिने संकेत गरिएको छ। हट्ने पेशा फेरबदल हुने पेशा थप हुने...

Read More

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने, लगानी ३.४ प्रतिशतले घट्ने

चालू आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म सन्तोषप्रद रहेको नेपाली अर्थतन्त्रका अधिकांश सूचक त्यसयता खुम्चिँदै गएको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ । मङ्गलबार अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको चालू आवको आर्थिक सर्वेक्षणले कोरोना सङ्क्रमणका कारण नेपालको अर्थतन्त्रमा चाप परेको देखाएको हो । कोरोनाका कारण सिर्जित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिका कारण आर्थिक गतिविधि शिथिल हुँदै जाँदा पर्यटन, उद्योग, निर्माण, व्यापार लगायतका क्षेत्र बढी प्रभावित भई आर्थिक विकास र स्थायित्वका परिसूचकमा चाप पर्दै गएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरका कारण आर्थिक वृद्धिदर पनि निकै खुम्चिने प्रक्षेपण सर्वेक्षणले गरेको छ । प्रारम्भिक...

Read More

पाँच लाख जनाको कोरोना परीक्षण गर्ने सरकारको तयारी

सरकारले कोरोना भाइरस सङ्क्रमण प्रभावित क्षेत्र र सङ्क्रमितको सम्पर्कमा रहेका करिब पाँच लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारतलगायत विदेशबाट नेपाली आउने क्रम बढ्ने आकलनसहित क्वारेन्टाइन, आइसोलेसन र परीक्षणको दायरा बढाउने गृहकार्य गरिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मङ्गलबार भने, ‘पाँच लाख व्यक्तिको परीक्षण तुरुन्तै गराउने हिसाबले आवश्यक किट, स्वास्थ्य सामग्री, उपकरण मौजुदा राख्ने निर्णय गरिएको छ ।’ उनले विदेशबाट आउने क्रम जारी रहने र भाइरस सङ्क्रमण अवधि लम्बिने अवस्थामा छ लाखभन्दा बढीको परीक्षण गर्नुपर्ने अवस्थासमेत आकलन गरी तयारी गरिएको बताए । उनका अनुसार विदेशबाट आएकालाई परीक्षण...

Read More

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एक जनाको मृत्यु

डडेल्धुरा : धनगढीस्थितसेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एकजनाको मृत्यु भएको छ।  कैलालीको गौरीगंगाका ५० वर्षीय पुरुषको आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पुष्टि गरे। ‘उहाँ भारतबाट फर्किनु भएको रहेछ। कोरोनाको आशंकामा हिजो साझ अस्पताल भर्ना हुनुभएको थियोे।’ उनले भने, ‘उहाँमा अन्य समस्या पनि थियो।’ बुधबार बिहान ६ बजे मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए। ‘उहाँको बिहान मृत्यु भएको हो। हिजो अस्पताल ल्याएपछि मुखबाट फिँज फाल्दै हुनुहुन्थ्यो पछि ठीक भएको थियो।’ उनले भने ‘तर बिहान बाथरूमबाट फर्किएपछि उहाँको मृत्यु भयो।’ उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको सूचना अधिकारी श्रेष्ठले थाहाखबरलाई जानकारी दिए। उनको कोरोना परीक्षणका लागि स्वाब संकलन...

Read More

हावाहुरीले रुख ढाल्दा बालकसहित दुईको मृत्यु

मकवानपुर : हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ।  मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३ का छ वर्षीय बालक आयुष मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। साथै घाइते तीन जनालाई उपचारका लागि चितवन लगिएको छ। त्यसैगरी हावाहुरीले हेटौँडालगायत मकवानपुर जिल्लाको विभिन्न स्थानमा कर्कटपाताले निर्माण गरिएका घरका छानासमेत उडाएको छ।  हावाहुरीले लाखौँ मूल्य बराबरको फलफूल, तरकारी नष्ट गरेको छ। खेतमा लगाइएको भिण्डी, घिरौला, बोडी, लौका, सिमी, काउलीका साथै मकैबाली र आँपमा समेत क्षति पुर्‍याएको जिल्ला कृषि ज्ञान केन्द्र मकवानपुरले जनाएको छ। त्यसैगरी हावाहुरीले हेटौँडास्थित फरेष्टी कलेजमा...

Read More