Day: १३ जेष्ठ २०७७, मंगलवार ०५:५०

सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा सवा २ अर्ब जम्मा

काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म २ अर्ब २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको छ । कोरोनाको जोखिम नेपालमा बढेपछि यसको नियन्त्रण एवं उपचारका लागि सरकारले सुरु गरेको कोरोना भाइरस, संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न व्यक्ति, संस्थाबाट उक्त रकम जम्मा भएको हो । कोरोना संक्रमितको संख्या बढेसँगै पछिल्लो समय आधारपूत औषधि, उपकरण तथा सामाग्रीको चरम अभवा देखिँदा पनि जनस्तरबाट कोरोना उपचारका लागि जम्मा भएको यति धेरै रकम भने अझै खर्च हुन सकेको छैन । यो समाचार आजको नागरिक दैनिकमा अर्जुन सुवेदीले लेखेका...

Read More

होटलहरूलाई क्वारेन्टाइन बनाउन व्यवसायी तयार

काठमाडौं – सर्तसहित होटलहरूलाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू तयार भएका छन् । होटलहरूको छाता सङ्गठन होटल एसोसिएसन अफ नेपाल (हान)ले पर्यटन विभागसँगको छलफलपछि यसका लागि तयार भएको हो । यद्यपि हानले क्वारेन्टाइन सञ्चालनका लागि आफ्नो तर्फबाट विभिन्न सर्तसहितको विवरण विभागलाई बुझाएको छ । हानले स्वास्थ्यकर्मी र कोरोना रोकथामका लागि खटिएका व्यक्ति तथा विदेशमा अलपत्र रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउने क्रममा होटललाई क्वारेन्टाइनका रूपमा उपयोग गर्ने सरकारले निर्णय गरेमा त्यसका लागि आवश्यक समन्वय गर्न तयार रहेको जनाएको हो । यसरी क्वारेन्टाइन सञ्चालन गर्दा बस्ने पाहुनाको चेकइनपूर्व नै स्वास्थ्य चेकजाँच गरी सङ्क्रमण नभएको प्रमाण हुनुपर्ने, प्रत्येक दिन पटकपटक स्वास्थ्य जाँच हुनुपर्ने...

Read More

नागिन-४ बाट हटिन् रश्मि

मुम्बई : कोरोना भाइरसका कारण टीभी र फिल्म उद्योग पूरै ठप्प भएको छ। टीभी सिरियलका दर्शक लकडाउन कहिले खुल्छ र नयाँ सिरियल हेर्न पाइन्छ भनेर कुरिरहेका छन्। यसैबीच ‘नागिन–४’ की शलाका अर्थात् रश्मि देसाईबारे नयाँ खबर बाहिर आएको छ। खबरअनुसार एकता कपुरको टीभी सो ‘नागिन–४’ बाट अब रश्मिको पत्ता साफ भएको छ। निया शर्मा र विजेन्द्र कुमेरिया स्टारर यो सोका निर्माताले कलाकारको विषयमा छलफल गरेर नयाँ निर्णय लिएका छन्। यो मिटिङमा लकडाउनपछि हुने सुटिङमा रश्मिलाई नखेलाउने निर्णय लिइएको छ। सोका निर्माताले अब ‘नागिन–४’ को बजेट घटाउन लागेका छन्। लकडाउनका कारण बजारमा असर परेपछि यस्तो निर्णय गरिएको हो किनकि रश्मिको पारि...

Read More

गैँडाकोटमा रहेको जनक माविमा चोरीको प्रयास गर्ने प्रहरी नियन्त्रणमा

  जेष्ठ १३ नवलपुर गैँडाकोट नगरपालिका वडा नं. ५ मा रहेको जनक नमुना उच्च माध्यमिक विद्यालयमा सोमबार राती १२ बजेको समयमा चोरीको प्रयास गर्ने युवा पक्राउ परेका छन्। जनक नमुना उच्च माध्यमिक बिद्यालय को सिसि क्यामरा चोर्दै गर्दा स्थानीयले थाहा पाएपछि स्थानीयकै सहयोगमा चोरीमा संलग्न एक जनालाई पक्राउ गरिएको थियो। उक्त चोरी को घटनामा ८/९ जना को समूह रहेको पक्राउ परेका व्यक्तिले बताएका छन्। आज बिहान करिब ३ बजेको समयमा घटनास्थल नजिकैबाट थप १ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। चोरीको घटनामा संलग्न अन्यको खोजी कार्य जारि रहेको र उनीहरूलाई छिट्टै सार्बजनिक गरिने ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको...

Read More

Cake To Nepal

फेसबुक