Day: ११ जेष्ठ २०७७, आईतवार १५:१०

गैडाकोटमा कुखुराको खोर भत्किदा २ जनाको मृत्यु

जेठ ११, गैडाकोटमा कुखुराको खोर भत्किदा २ जनाको मृत्यु भएको छ ।आज साझ आएको हावाहुरी सहितको बर्षाले खोरमा दाना दिदै गर्दा गैडाकोट नगरपालिका ८ का ३५ बर्षिया काशिराम पौडेल र ४० बर्षिया सुर्य बहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गैडाकोटले जानकारी दिएको छ । साझ हावाहुरी चलिरहेको समयमा लोकल कुखुरालाई दाना दिने क्रममा कुखुराको खोरको भित्तो भत्किएर उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । Please follow and like...

Read More

रुख ढलेर गम्भिर घाइते एकजनाको मृत्यु

चितवन , ११ जेठ चितवनमा रुख ढलेर लाग्दा एकजनाको मृत्यु भएको छ । बेलुका आएको हावाहुरी र पानीको कारण रुख ढलेर लाग्दा भरतपुर महानगरपालिका वडा नम्बर १२ बस्ने २९ बर्षिय राम बहादुर वि क को मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । रुखले लागेर अन्य चारजना समेत घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित आपटारी देवघाट सडकखण्डमा रुख ढलेर उनीहरुलाई लागेको थियो । उनीहरु ओत लागेर बसेको ना ३ त ३४२३ नम्बरको ट्रयाक्टरमाथी रुख ढलेको थियो...

Read More

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो

नेपालमा आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । Please follow and like...

Read More

चालू आर्थिक वर्षको चैत मसान्तसम्म पाँच अर्ब बजेट ‘सरेन्डर’

काठमाडौं – चालू आर्थिक वर्षको चैत मसान्तसम्म विभिन्न मन्त्रालय तथा निकायले करिब पाँच अर्ब रुपियाँ बराबरको बजेट ‘सरेन्डर’ गरेका छन् । अर्थ मन्त्रालयका अनुसार बजेट त्यसरी फिर्ता गर्नेमा राष्ट्रपति कार्यालयदेखि मन्त्रालय र आयोगसमेत छन् । हालै सार्वजनिक मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा धेरै बजेट सरेन्डर गर्नेमा रक्षा मन्त्रालय सबैभन्दा अगाडि छ । रक्षाले द्रुत मार्गतर्फको दुई अर्ब ८३ करोड ६६ लाख र अन्य शीर्षकतर्फ पाँच करोड ६१ लाख गरी दुई अर्ब ८९ करोड रूपियाँभन्दा बढी बजेट फिर्ता गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७२ करोड ६२ लाख, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ५१ करोड ५७ लाख र परराष्ट्र...

Read More

अब नेपालको आधिकारिक क्षेत्रफल कति ?

काठमाडौं – सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन । नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ ।  सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न प्रचार भइरहेको छ । सरकारले जारी गरेका नक्साका आधारमा प्राविधिकले एक लाख ४७ हजार नौ सय ५० वर्गकिमि हुने बताइरहेका छन् ।  प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकारको आधिकारिक फेसबुकमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा र क्षेत्रफल एक लाख ४७ हजार ५१६ वर्गकिमि उल्लेख छ । गुगलको वेबसाइटमा ‘जीओग्राफी अफ नेपाल’ मा १ लाख ४७ हजार ५१६ वर्गकिमि क्षेत्रफल उल्लेख गरिएको छ ।  यसका आधारमा पहिलाको भन्दा...

Read More

Cake To Nepal

फेसबुक