Day: १० जेष्ठ २०७७, शनिबार ०७:२६

अष्ट्रेलियामा क्यान्सर पिडित नेपाली युवाको उपचारको लागि सहयोग अपिल

ब्रिसबेन। नेपाली युवा विशाल पौडेल डिपेनडेन्ट भिसामा २०१७ मा अष्ट्रेलिया आएका थिए। नर्सिङ्ग पढ्दै गरेकी उनकी श्रीमतीको यसै वर्ष पढाइ सकिंदैछ। तर त्यो भन्दा अगाडी नै विशाल गम्भीर बिरामी परेपछि यो युवा जोडी अहिले समस्यामा परेको छ। शरीरमा सामान्य परिवर्तन देखेपछि जांच गराउँदा विशालमा क्यान्सर भएको थाहा भएको थियो। त्यसबेला डाक्टरहरुले उनलाई दुई महिना मात्र बाँच्न सक्ने बताए। त्यसपछि अन्य ठाउँमा अन्य डाक्टरहरुलाई जांच गराउँदा उनमा जीवनप्रति आशा पलाएको छ। तर उपचारको लागि १ लाख ६० हजार डलर खर्च लाग्ने भएको छ। विशालले यति ठूलो रकम थेग्न सक्ने आफ्नो आर्थिक स्थिति नरहेकोले सहयोग गरिदिन सबैसंग अनुरोध गरेका छन्। एनआरएनए...

Read More

कोरोना भाइरसका कारण सबैभन्दा बढी युएईमा कार्यरत नेपालीले रोजगारी गुमाउने

काठमाडौं ।  कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ । युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको सबैभन्दा बढी असर युएईमा रहेका नेपालीमाथि पर्ने देखिएको हो । युएईमा रहेकामध्ये कम्तीमा ३० प्रतिशत नेपालीले रोजगारी गुमाउने संघले जनाएको छ । ‘कोरोनाले युएईको होटल, पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ, संघका महासचिव सुजितकुमार श्रेष्ठले भने, जसले गर्दा होटल, पर्यटन क्षेत्रका काम गर्नेसहित धेरै सुरक्षा गार्डले रोजगारी गुमाउँदै छन् ।’ यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन्...

Read More

नेपाली सेनाद्वारा टिङ्कर र लिपुलेक पुग्ने सडक निर्माण सुरु

काठमाडौं – दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने अहिलेसम्मको अवस्थाको अन्त्य हुनेछ । असारसम्ममा उक्त क्षेत्रमा गोरेटो बाटो निर्माण भइसक्ने नेपाली सेनाले जनाएको छ । सेनाको प्राविधिक टोली घाँटीबगर क्षेत्रको थी भन्ने स्थानमा तैनाथ भइसकेको र अब चाँडै नै बाटो निर्माण कार्य सुरु हुने छ । चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिकास्थित घाँटीबगर इलाकामा दुई मिटर चौडाइको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माण गरिने जानकारी सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दिए । व्यास गाउँपालिकामा पर्ने छाङरु...

Read More

नेपालमा शनिबार थप ३२ जनामा कारोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं । नेपालमा फेरि ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष रहेका छन् भने २७ वर्षीया महिला रहेकी छन् । यसैगरी सर्लाहीको गडैतामा थप १३ जना पुष्टि भएको छ । जसमा १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेका छन् । यसैगरी बाराको करैयामाईमा ३७...

Read More