Day: ७ जेष्ठ २०७७, बुधबार १२:२१

अष्ट्रेलियामा रहँदा भिसा रद्द भएकाहरु अहिले इन्भिटेसन पाएर पनि समस्यामा

मेलबर्न। अष्ट्रेलियामा भिसा एप्लाई गर्नेहरु कोरोना भाइरस प्रभावका कारण समस्यामा परेका छन्। अष्ट्रेलियामा धेरै आप्रवासीले इन्भिटेसन कुरेर बसेका छन्। कोरोना भाइरस प्रभावित समयावधिभर केहीको त्यो लामो प्रतीक्षा पूरा भएको छ। तर इन्भिटेसन पाएर पनि उनीहरुले भिसा एप्लाई गर्न भने पाइरहेका छैनन्। माइग्रेसन सम्बन्धि कानुन अनुसार, अष्ट्रेलियामा रहँदा भिसा रद्द भएको भए, फेरी एप्लाई गर्दा अष्ट्रेलियामा नै रहेर गर्न पाइंदैन। अष्ट्रेलिया छोड्नको लागि अहिले कोरोना भाइरसका कारण अष्ट्रेलिया सहित धेरै देशहरु लकडाउनमा छन्। इन्भिटेसनको म्याद ६० दिन हुन्छ। तर इन्भिटेसन पाएका धेरैको इन्भिटेसन म्याद कटिसकेको छ। यो समस्यालाई न्यु साउथ वेल्स बाहेक अन्य राज्यले हालसम्म सम्बोधन नगरेको बताइएको छ। न्यु...

Read More

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा बुधबार एकैदिन २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ४२७ पुगेको छ। थपिएका संक्रमितमध्ये १८ पुरूष र ७ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएकाे छ  । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। Please follow and like...

Read More

सीमासम्बन्धी तथ्य प्रमाणको दस्तावेज बलियो बनाउन लागिपर्दै नेपाल

नेपाल सरकार लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे भारतको जवाफको प्रतीक्षासँगै तथ्य प्रमाणको दस्तावेज बलियो बनाउन लागिपरेको छ । कूटनीतिक वार्ताबाट समाधान गर्न आग्रह गर्दै नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाए लगत्तै तथ्य प्रमाणसहित आफ्नो पक्ष बलियो बनाउन लागिपरेको हो । परराष्ट्र मन्त्रालय मातहत गठित सीमा निरीक्षण समितिले सीमा सम्बन्धी दस्तावेज बलियो बनाउने काममा सक्रियता बढाएको छ । यसैबीच नेपाली सेनाले उपलब्ध प्रमाणको सङ्कलन, संरक्षणसँगै ऐतिहासिक दस्तावेजका धरोहरलाई भविष्यका लागि सुरक्षित राख्ने कार्य जारी राखेको छ । दस्तावेज सङ्कलनमा सक्रिय नेपाली सेनाको युद्ध महानिर्देशनालय अन्तर्गत गठित सीमा क्षेत्र अनुगमन निर्देशनालयले स्वदेश र विदेशबाट प्रमाण र दस्तावेज सङ्कलनको काम गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव...

Read More

पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल सरह पोखराका होटल पनि सञ्चालन नगर्न नसकिने पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । सङ्घ अध्यक्ष विकल तुलाचनले भने, “लकडाउन कतिसम्म जाने हो निश्चित छैन । लकडाउन खोलिहाले पनि कोरोना सङ्क्रमणको प्रभाव सकिँदैन । तत्काल विदेशी पर्यटक आउँदैनन् । कहीँकतै आन्तरिक आए पनि फ्रन्टलाइनमै रहेर पाहुनालाई सेवा दिनुपर्ने भएकाले मापदण्ड कायम गर्न गाह्रो छ ।” उहाँले अहिलेको स्थितिमा सञ्चालन खर्च बढ्ने, सरकारले राहत प्याकेज घोषणा...

Read More

Cake To Nepal

फेसबुक