Day: १ जेष्ठ २०७७, बिहीबार १२:५१

अष्ट्रेलियामा चराबाट सर्ने खतरनाक ब्याक्टेरियाबाट ३ जना बिरामी, सजग रहन सरकारको आग्रह

सिड्नी । अष्ट्रेलियामा चराबाट सर्ने खतरनाक ब्याक्टेरियाबाट ३ जना बिरामी भएका छन् । अष्ट्रेलियाको सिड्नीको पश्चिमी क्षेत्रका मानिस उक्त ब्याक्टेरियाका कारण बिरामी परेका हुन् । चराबाट सर्ने ब्याक्टेरियाका कारण हुने उक्त रोगको नाम Psittacosis रहेको बताइएको छ । ‘Parrot fever’ नामले समेत चिनिने उक्त रोग ब्याक्टेरिया सरेको पांच दिनदेखि २८ दिन सम्ममा देखा पर्ने बताइएको छ । प्यारोट फिभर हुँदा टाउको दुख्ने, मांसपेशी दुख्ने , सुख्खा खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्छन् । त्यसपछि बिरामीमा निमोनिया देखा पर्छ । र, प्रतिरक्षा क्षमता कम भएका व्यक्तिमा थप अरु लक्षण देखा पर्छन् । स्वास्थ्य अधिकारिहरुले यसबाट टाढा रहनको लागि...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा शुक्रबारदेखि समूहमा जान पाइनेगरि समुद्री किनारहरु खुल्ला गर्ने तयारी

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा समूहमा जान पाइनेगरि समुद्री किनारहरु खुल्ला हुने भएका छन् । सिटि काउन्सिलले शुक्रबार देखि समुद्री किनारहरु खुल्ला गर्ने तयारी गरेको हो । ती समुद्री किनारमा १० जनासम्मको समूहमा जान पाइने बताइएको छ । समुद्री किनारमा जाने समूहले बालुवा र पानीमा शारीरिक अभ्यास गर्न पाउनेछन् । यसरी जाँदा कोरोना भाइरस संक्रमणको खतरालाई ध्यानमा राखेर सोही अनुसार क्रियाकलाप गर्न अनुरोध गरिएको छ । विस्तृत समाचारको लागि : 7 News Please follow and like...

Read More

कोरोना संक्रमणका कारण ३ दिनको शिशुको मृत्यु

जन्मिएको तीन दिनमै कोरोना भाइरस संक्रमणका कारण शिशुको मृत्यु भएको छ । बेलायतको एक अस्पतालमा मे २ मा जन्मिएको शिशुको मे ५ मा मृत्यु भएको हो । सुत्केरी व्यथा लाग्नु अघि नै आमामा संक्रमण भएका कारण शिशुमा संक्रमण देखिएको बताइएको छ । शिशुका बाबुले आफ्नो श्रीमतीलाई अस्पतालमा भर्ना भएपछि संक्रमण सरेको संचारमाध्यमसंग बताएका छन् । उनले आफ्नो बच्चालाई काखमा लिन समेत पाएनन् । संक्रमणका कारण उनलाई बच्चालाई नजिक गएर हेर्न समेत अनुमति थिएन । बच्चाको निधन हुने दिन मात्र उनले आफ्नो बच्चाको अनुहार हेर्न पाएका थिए । बच्चा जन्मिँदा संक्रमणका कारण मुटुको धड्कनको गतीमा कमी देखिएको थियो । त्यसपछि...

Read More

‘ बाहिरबाट संक्रमण भित्रन्छ भनेर ढोका थुन्न खोज्दाखोज्दै झ्यालबाट छिर्‍यो कोरोना ‘

मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परे । ती तीनैजना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो । उनीहरु कसरी संक्रमित भए भन्ने अझै यकिन हुन सकेको छैन । तर यो घटनाले काठमाडौं उपत्यकाबाहिर समूदायमै संक्रमण फैलिएको हुनसक्ने आधारलाई बलियो बनाइदिएको छ । आजको कान्तिपुर दैनिक लेख्छ–पछिल्ला संक्रमितको यात्रा विवरणले संक्रमित क्षेत्रबाट राजधानी प्रवेश गरेका व्यक्तिहरुको परीक्षण र उनीहरुको सम्पर्कमा आएकालाई कन्ट्याक्ट ट्रेसिङ व्यापक गर्नुपर्ने देखिएको छ । लकडाउनको ५२ दिन आइपुग्दा हामी चैत १० गतेभन्दा पनि गम्भीर र जटिल मोडमा आइपुगेको समाचारमा उल्लेख छ । जनस्वास्थ्यविद् दिनेश न्यौपाने भन्छन्–‘हामीले बाहिरबाट संक्रमण भित्रन्छ भनेर ढोका...

Read More

दैनिक ६४ करोडले घट्यो आयल निगमको कारोबार

काठमाडौं – लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ । गत वर्ष मासिक ८७ करोड रुपियाँको कारोबार भएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । उनले भने, “हाल महिनामा चार अर्ब २८ करोड रुपियाँ राजस्व गुमिरहेको छ ।” पेट्रोलियम पदार्थको माग पछिल्लो एक सातामा ३३ प्रतिशत पुगेको छ । अप्रिल महिना अर्थात् वैशाख १७ सम्म २० प्रतिशत मात्र माग थियो । लकडाउनमा फाट्फुट गाडी चल्न थालेपछि माग बढेको निगमले जनाएको छ । बजार सामान्य अवस्थामा नपुग्दासम्म पेट्रोलियम पदार्थको माग बढ्न नसक्ने पौडेलको भनाइ...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक