Day: ३० बैशाख २०७७, मंगलवार १६:४०

फेरि २६ जनामा देखियो कोरोना संक्रमण, जम्मा संक्रमित २१७ पुगे

काठमाडौं : मंगलबार फेरि थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि मंगलबार दिउँसो मात्रै ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१७ पुगेको छ। मंगलबार दिउँसो मात्रै कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। नेपालमा भेटिएकामध्ये हालसम्म ३३ जना निको भएर घर फर्किएका छन्। नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा सबैभन्दा...

Read More

नेपालमा आज एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १९१ पुग्यो

नेपालमा आज एकै दिन ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको छ । पर्सामा ३९ जना, रुपन्देहीमा ९ जना, कपिलवस्तुमा ८ र बारामा १ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु सबै पुरुष रहेको र उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या एक यस १९१ पुगेको छ ।  ...

Read More

लिपुलेकमा भारतीय अतिक्रमणविरूद्ध हस्ताक्षर अभियानमा सहभागी बनौँ

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको छ । नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको हो । भारतले गत कात्तिक १६ मा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमि समावेश गरेको थियो । नेपाली भूमिमा भारतीय अतिक्रमणविरूद्ध हिमालयन कंगारुले हस्ताक्षर अभियान सुरु गरेको छ । हामी सबैको एकताबद्ध अभियानले सरकारलाई सिमा सुरक्षाको लागि र भारतलाई नेपाली भूमिमाथि अतिक्रमण नगर्न खबरदारी गर्ने उद्देश्यले यो हस्ताक्षर अभियान सुरु गरिएको हो। संकलित हस्ताक्षर नेपाल सरकार समक्ष बुझाइनेछ । हस्ताक्षरको लागि...

Read More

गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम सुरु

गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थल निर्माणको काम अगाडि बढेको छ । नदीजन्य सामग्रीको अभावले उपकरण जडानको मात्र काम हुँदै आएकामा अहिले निर्माणको बाँकी काम पनि अगाडि बढेको विमानस्थल विस्तार आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ उपलब्ध गराएपछि निर्माण अघि बढेको उनले बताए । उपमहानगरपालिकाले आयोजनाका लागि तिनाउ नदीबाट नदीजन्य सामग्री बालुवा र गिट्टी उपलब्ध गराएपछि विमानस्थल निर्माणको बाँकी काम अगाडि बढेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण पौडेलले लेखेका छन्...

Read More

साइबर ब्यूरोको नाममा कसैले धम्क्याए तत्काल सूचना दिन प्रहरीको आग्रह

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमार्फत साइबर सेक्युरिटीको हवला दिँदै चरित्र हत्या गर्ने क्रियाकलाप फष्टाएको भन्दै त्यसबाट सतर्क रहन सबैमा आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले आज एक विज्ञप्ति जारी गर्दै सबैलाई सतर्क रहन आग्रह गरेको हो । ‘म साइबर क्राइमबाट प्रहरी बोलेको।।।, साइबर सेक्युरिटीबाट कल गर्दैछौ’ भन्ने जस्ता भ्रामक विवरण र प्रहरीको हवाला दिँदै केही व्यक्तिहरुले अश्लिल फोटो र भिडियो पठाएर ब्ल्याकमेलिङ गर्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेको पाइएको समेत प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसरी फोन, इमेल लगायत कुनै माध्यामबाट आफ्नो बारेमा जानकारी माग भएमा कोही कसैसँग आफ्नो गोप्य सूचनाहरु आदान प्रदान नगर्न...

Read More
  • 1
  • 2