Day: २९ बैशाख २०७७, सोमबार १४:१५

अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ६ हजार ९४८ पुग्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म अष्ट्रेलियामा ९७ जनाको मृत्यु भएको छ । अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा कसैको ज्यान नगए पनि थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो सँगै अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ६ हजार ९४८ पुगेको छ । अष्ट्रेलियामा संक्रमितमध्ये ६ हजार १७९ जना उपचारपछि निको भएका छन् । ६८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । अष्ट्रेलियमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु रहेका कारण दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ...

Read More

नेपालमा सोमबार २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं । सोमबार फेरि थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।   सोमबार बिहान कपिलवस्तुमा १० जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जनामा कोरोनाभाइरसको पुष्टि भएको हो । यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय ३४ पुगेकाे छ ।...

Read More

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन २४ संक्रमित

बैशाख २९ । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट संक्रमितको संख्या १३४ पुगेको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका हुन् । सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसहित कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको हो । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो । बर्दियामा भने पहिलो पटक कोरोना...

Read More

एसईईमा ऐच्छिक विषयको परीक्षा सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव

काठमाडौं – प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको एसईई, कक्षा ११ र १२ को परीक्षालाई पुनः कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गर्न गठित कार्यटोलीले यस्तो प्रस्ताव बुझाएको हो । शिक्षा पत्रकार सञ्जालले आइतबार आयोजना गरेको अनलाइन अन्तक्र्रियामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा सो कार्यटोलीका संयोजक प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षालाई सहजरूपमा सञ्चालन गर्न यस्तो प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष बुझाइएको जानकारी दिँदै भने, “विकल्प दिएका छौँ । त्यसमध्ये एउटा विकल्पका रूपमा अनिवार्य विषयको बोर्डले र...

Read More

लिपुलेकमा भारतीय सडक मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न माग

काठमाडौं – लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी भारतले सडक बनाएको भन्दै आक्रोशित सांसदहरूले भने यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेका थिए। आफ्नो सीमा मिचेर भारतले सडक खन्दा पनि बेलैमा ध्यान नदिएको भन्दै उनीहरूले सरकारप्रति असन्तुष्टि जनाए। पूर्वउपप्रधान तथा रक्षामन्त्री एवं नेकपा नेता भीम रावलले नेपाली भूमि भारतले अतिक्रमण गरेकोमा निन्दा र भत्र्सना गर्दै अन्तर्रा्ष्ट्रिय कानुन र असल छिमेकी नीतिविपरीत भारतले नेपाली भूमि कब्जा गरेको बताए। नेपाली भूमि समेटेर नक्सा सार्वजनिक नगरेकोे भन्दै सरकारप्रति पनि असन्तुष्टि जनाए। नेकपाकै सांसद कृष्णभक्त पोखरेलले नेपाली भूमि फिर्ता गर्न भारतले नचाहे नेपालले संयुक्त राष्ट्रसंघ र अन्तर्रा्ष्ट्रिय अदालत जानुपर्ने सुझाव दिए।...

Read More