Day: २८ बैशाख २०७७, आईतवार १२:०६

अष्ट्रेलियाको मेलबर्न स्थित म्याक डोनाल्ड रेष्टुरेन्टका दोस्रो स्टाफमा देखियो संक्रमण, रेष्टुरेन्ट बन्द

मेलबर्न । अष्ट्रेलियाको मेलबर्न स्थित Fawkner McDonald’s रेष्टुरेन्टमा काम गर्ने स्टाफमा कोरोना भाइरस संक्रमण देखिएको छ । अप्रिल ३० भन्दा अगाडी काममा रहेका स्टाफमा पहिलो पटक संक्रमण देखिएको थियो । त्यसपछि हिजो अर्थात शनिबार दोस्रो स्टाफमा संक्रमण देखिएको हो । पहिलो केस अप्रिल ३० भन्दा अगाडी रहेको र ती स्टाफ पछिल्लो समय काममा नगएकोले रेष्टुरेन्टले संचालनको अनुमति पाएको थियो । तर दोस्रो स्टाफमा संक्रमण देखिएपछि रेष्टुरेन्ट बन्द भएको हो । रेष्टुरेन्ट हालका लागि तीन दिनको लागि बन्द भएको बताइएको छ । तीन दिनमा रेष्टुरेन्टमा संक्रमण नियन्त्रणको लागि विशेष सरसफाई हुनेछ । स्टाफ अहिले आइसोलेसनमा रहेको रेष्टुरेन्टले बताएको छ ।...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा सामाजिक दूरीको नियम खुकुलो बनाईंदै, यस्ता छन् नयाँ नियम

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि अपनाइएको सामाजिक दूरीको नियम खुकुलो बनाइने भएको छ । न्यु साउथ वेल्स राज्य सरकारले शुक्रबार देखि लागु हुनेगरि नियम खुकुलो बनाउन लागेको हो । अष्ट्रेलिया सरकारले तीन चरण गरि लकडाउन खुल्ला गर्ने योजना ल्याएको छ । न्यु साउथ वेल्सले पनि सोही अनुरुप १५ मे अर्थात शुक्रबार देखि पहिलो चरणलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । मे १५ देखि न्यु साउथ वेल्समा निम्न कार्य गर्न पाइनेछ : बाहिर समूहमा रहंदा १० जनासम्म रहने पाइने । एक पटकमा १० जना मात्र ग्राहकलाई बसाल्ने गरि क्याफे तथा रेष्टुरेन्ट खोल्न पाइने ।...

Read More

‘भारतले नेपाली भूमि मिचेर सडक बनाउनुमा नेपाल सरकारको बढी दोष’

काठमाडौं – भारतले नेपाली भूमि मिचेर मानसरोवर जाने सडक बनाउँदा सरकार बेखबर रहेकोमा विभिन्न राजनीतिक दलका नेताले सन्देह व्यक्त गरेका छन् । उनीहरुले नेपाली भूमि अतिक्रमण हुनुमा नेपाल सरकार पनि दोषी रहेको टिप्पणी गरेका छन् । सीमा सुरक्षा सरकारको दायित्व भए पनि गम्भीर नदेखिएको उनीहरुले बताएका छन् । ‘यसमा नेपाल सरकारको बढी दोष छ । सरकारले काम रोक्न किन भनेन अहिलेसम्म ?’ उनीहरुको एउटै स्वर छ, ‘जनतामा राष्ट्रवादका नारा दिने र व्यवहार उल्टो गर्ने सरकारको चरित्र उदाँगो भएको छ ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक भारतले उद्घाटन गरेकोबारे सरकारसँग जवाफ मागे । यो...

Read More

उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

मोरङ– उदयपुरमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ११० पुगेको छ। विराटनगरस्थित कोशी अस्पतालका अनुसार शनिबार बेलुका थप १ जना महिलामा कोभिड १९ पोजेटिभ देखिएको हो। यसअघि शनिबार बिहान उदयपुरकै तीन जना महिलामा कोरोना पुष्टि भएको थियो। एक जना थपिएसँगै एकै दिन उदयपुरका चार जनामा कोरोना देखिएको हो। उदयपुर त्रियुगा नगरपालिका ३ स्थित भुल्के क्षेत्रबाट २ सय ३७ वटा स्वाबको नमूना ल्याइएकोमा ४ जनामा कोरोना पोजेटिभ देखिएको कोशी अस्पतालकी नि.मेसु डा.संगीता मिश्राले जानकारी दिइन्। उनका अनुसार सबै संक्रमितको अवस्था सामान्य छ। यससँगै केन्द्रमा कुल २१ जना संक्रमितको उपचार भइरहेको कोशी अस्पतालले...

Read More

खैरहनीमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

चितवन ,२८ बैशाख । चितवनमा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ सिमलटाँडीमा एक महिलाको हत्या भएको हो । बारा जिल्ला स्थायी ठेगाना भई हाल सिमलटाँडीमा डेरा गरि बस्ने बर्ष ३४ की मन्जु अधिकारीको उनकै श्रीमानले हत्या गरेको । ४४ बर्षिय कृष्ण अधिकारीले खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेको स्थानियले बताएका छन् । शनिबार बेलुका खाना खाने समयमा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट महिलाको घटनास्थलमा नै मृत्यु भएको थियो । हत्या भएकी महिला कान्छी श्रीमती भएको र जेठी श्रीमती अचेत अवस्थामा सोहि घरमा फेला परेको इलाका...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक