Day: २७ बैशाख २०७७, शनिबार १४:११

अष्ट्रेलियामा मदर डेमा आमालाई भेट्दा अङ्गालो नहाल्न अधिकारीहरुको आग्रह

मेलबर्न । अष्ट्रेलियामा आइतबार अर्थात मे १० मा आमाको मुख हेर्ने दिन ( मदर डे ) मनाइंदै छ । अहिले कोरोना भाइरसका कारण सामाजिक दूरीको नियम भएतापनि केही राज्यले मदर डेको लागि नियम खुकुलो पारेका छन् । अधिकारीहरुले आमालाई भेट्न जाँदा सम्भव भएसम्म अङ्गालो नहाल्न र केही दूरी कायम राख्न आग्रह गरेका छन् । पाको उमेरका व्यक्तिमा संक्रमण छिटो फैलिन सक्ने भएका कारण सबैलाई सजग रहन सरकारले आग्रह गरेको छ । त्यस्तै, आफू बिरामी  भएको अवस्थामा आमालाई भेट्न नजानको लागि समेत आग्रह गरिएको छ...

Read More

अष्ट्रेलियाको नेपाली समुदायमा घटेको घटनासंग जोडेर मानमर्दन गर्न खोजिएको भन्दै एनआरएनएद्वारा खेद प्रकट

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा बिहिबार एक नेपाली विद्यार्थी मृत फेला परेकी थिइन् । उनी कोठाको लुगा राख्ने दराजको डण्डीमा पासो लगाएको  अवस्थामा भेटिएकी हुन् । यसैबीच एनआरएनए अष्ट्रेलियाले उनको मृत्युप्रति दु:ख व्यक्त गर्दै संस्थाको नाम जोडेर आएको एक समाचारप्रति खेद प्रकट गरेको छ । एक अनलाइनले उक्त घटना सम्बन्धि समाचारमा मृतक विद्यार्थीले एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समितिसंग राहत मागेको तर राहत दिन ढिलाई भएका कारण घटना भएको हुनसक्ने उल्लेख गरेको थियो । कोरोना भाइरसका कारण काम गुमाएका र काम पाउन नसकेका विद्यार्थीहरुका लागि एनआरएनए अष्ट्रेलियाले राहत वितरण गरिरहेको छ । एनआरएनएनए अष्ट्रेलियाले उक्त समाचारको खण्डन गर्दै राहत वितरणको लागि रातदिन...

Read More

अष्ट्रेलियामा कोरोनाभाइरस: मासु प्रशोधन केन्द्रसंग जोडिएका संक्रमितको संख्या ७५ पुग्यो

मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया स्थित मासु प्रसोधन केन्द्रसंग जोडिएर कोरोना भाइरस संक्रमणका चार नयाँ केस फेला परेका छन् । मेलबर्न वेस्टमा रहेको Cedar Meats संग जोडिएका नयाँ केस फेला परेका हुन् । अहिलेसम्म उक्त मासु प्रसोधन केन्द्रसंग जोडिएका कोरोना भाइरसका ७५ जना संक्रमित भेटिएका छन् । चार नयाँ केसमा दुई जना त्यहाँ काम गर्ने व्यक्ति र दुई जना उनीहरुसंग सम्पर्कमा रहेका व्यक्ति रहेको बताइएको छ । Source :...

Read More

अष्ट्रेलिया आउन अड्किएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियन सरकारको यस्तो योजना

मेलबर्न । कोरोना भाइरस नियन्त्रणका लागि हवाई यात्रा सम्बन्धि अपनाइएका नियमले गर्दा अहिले धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरु आफ्नो देशमा अड्किएका छन् । अष्ट्रेलिया सरकारले पनि हवाई यात्रा बन्द गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणमा आएसंगै सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि हवाई यात्रा सहज गर्ने योजना ल्याएको हो । सरकारले यात्रा खुकुलो गर्ने योजनालाई तीन चरणमा बाँडेको छ । पहिलो चरणमा लोकल तथा रिजनल क्षेत्रमा यात्रा गर्न सकिनेछ । दोस्रो चरणमा एउटा स्टेटबाट अर्को स्टेटमा यात्रा गर्न सकिनेछ । यसमा त्यो स्टेटमा कोरोना संक्रमणको अवस्था अनुसार निर्णय हुनेछ । यो दोस्रो चरण जुनमा लागु हुने सम्भावना रहेको छ । तेस्रो चरणमा...

Read More

अष्ट्रेलियामा रेष्टुरेन्टहरु खुल्ला गर्नको लागि तीन चरणको तयारी

मेलबर्न । अष्ट्रेलियामा क्याफे, रेष्टुरेन्टहरु बन्द हुँदा धेरै विद्यार्थीहरु अहिले बेरोजगार रहनुपरेको छ । कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम चालिरहेको अष्ट्रेलिया सरकारले पछिल्लो समय संक्रमण नियन्त्रणमा आएसंगै सामाजिक दूरीको नियमलाई खुकुलो पार्ने तयारी गरिरहेको छ । जसमा, रेष्टुरेन्टहरुहरु पनि खुल्ला गर्ने तयारी गरिएको हो । सरकारले क्याफे तथा रेष्टुरेन्टहरु तीन चरणमा खुल्ला गर्ने योजना ल्याएको छ । पहिलो चरणमा रेष्टुरेन्ट तथा क्याफे खुल्नेछन् , तर एकपटकमा १० जना मात्र ग्राहक बस्न पाउनेछन् र एक जनाको लागि ४ वर्ग मिटर ठाउँ रहनुपर्नेछ । दोस्रो चरणमा रेष्टुरेन्ट तथा क्याफे संगै पब, क्लब, क्यासिनो पनि खोल्न सकिनेछ । र, एकपटकमा २० जना...

Read More
  • 1
  • 2