Day: २६ बैशाख २०७७, शुक्रबार १५:०८

गैंडाकोटमा भएको रक्तदान कार्यक्रममा १ सय ५३ जनाले गरे रक्तदान

चितवन २६ बैशाख । लकडाउनको समयमा रगत अभाव भएपछि गैंडाकोटका तीनवटा सामाजिक संघ संस्थाको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम भएको छ । गैंडाकोट वडा नंं. २ स्थित भृकुटीचोकमा रक्तदान कार्यक्रम गरिएको हो । कोरोना भाइरस (कोभिड १९) का कारणले नवलपुर र चितवनमा रगतको अभाव भइरहेको हुँदा यहाँका अस्पतालहरुमा भएको अभावलाई केहि सहयोग गर्न कार्यक्रम आयोजना गरिएको थियो । रगतको अभावका कारण अस्पतालमा उपचार गराईरहेका जो कोहि बिरामीको ज्यान नजाओस् भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अभियान्ता बिमल लम्सालले जनाकारी दिए । बिश्व रेडक्रस दिबसको अबसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रमममा १६ जना महिला सहित १ सय ५३ जनाले रक्तदान गरेको...

Read More

अष्ट्रेलियामा घर जग्गाको मूल्य १५ प्रतिशतसम्म घट्ने सम्भावना

मेलबर्न । अष्ट्रेलियामा घर जग्गाको मूल्य १५ प्रतिशतसम्म घट्ने सम्भावना रहेको छ । नेशनल अष्ट्रेलिया बैंकले घरजग्गाको मूल्यमा भारि गिरावट हुने बताएको हो । नेशनल अष्ट्रेलिया बैंकका अनुसार, आगामी १२ देखि १८ महिनासम्ममा घर जग्गाको मूल्यमा १५ प्रतिशतसम्म कमी आउनेछ । घर भन्दा अपार्टमेन्टको मूल्य अझै सस्तो हुने बताइएको छ । कोरोना भाइरसका कारण आप्रवासीहरुको रोजगारी र आम्दानी लगायत समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखिएकोले घरजग्गाको मूल्यमा पनि यसको प्रभाव देखिने बताइएको हो । पूरा समाचार पढ्नको लागि क्लिक गर्नुहोस्...

Read More

उपत्यकामै संक्रमण फैलनसक्ने सम्भावना उच्च

काठमाडौं – उपत्यकामा तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान, पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च पाइएको छ । सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी क्षेत्र संक्रमणको जोखिममा रहेको देखिएको हो । विभिन्न संघसंस्थाले वितरण गर्ने खानामा सुरक्षा उपकरण अबलम्बन नगरी वितरण गरिएको, ठूला तरकारी बजारमा भीडभाड तथा सुरक्षा अबलम्बन नगरिएको, पुरानो बसपार्क, बसन्तपुर, तिलगंगालगायत क्षेत्रमा सयौं मानिस दुरी कायम नगरी बसिरहेका छन् । जिल्ला प्रशासन कार्यालयले बिहीबार गरिब, विपन्नलगायतलाई संघसंस्थाले वितरण गर्ने खानामा सुरक्षा संवेदनशीलता अवस्थाबारे निरीक्षणपछि केही ठाउँमा लापरबाही गरेको पाइएको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन्...

Read More

आजदेखि बजेट अधिवेशन शुरु हुँदै, ४ बजे संसद भवनमा बस्ने

काठमाडौं, बैशाख २६ । आजदेखि संसदको वर्षे अधिवेशन अर्थात् बजेट अधिवेशन शुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको बैठक संयुक्त रुपमा बस्नेछ । कोरोना भाइरसको संक्रमण हुन नदिन सामाजिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइएको छ । सचिवालयले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सबै तयारी पूरा गरेको जनाएको छ । यसका लागि हिजो दिनभर सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो भने छुटेकाहरुको आज पनि स्वाब संकलन गरिने छ । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् । जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरु सबैलाई कोरोना संक्रमण...

Read More