Day: २४ बैशाख २०७७, बुधबार १२:०५

हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र सीमा नाका जेठ १८ सम्म बन्द गर्ने निर्णय गरेको हो । बैठकले छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका बन्दसँगै आवत-जावतमा थप कडाइ गर्ने निर्णय गरेको छ । यसअघि यो जेठ २ गतेसम्म हवाई उठानमाथि लगाएको प्रतिबन्ध थप गरी १८ गतेसम्म पुर्याएको हो । यस्तै मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ । Please follow and like...

Read More

नेपालमा फेरि १७ जनामा देखियो संक्रमण, संक्रमितको संख्या ९९ पुग्याे

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु २ महिनाको शिशुदेखि ६६ वर्षसम्मका छन् । १० जना पुरुष र ७ जना महिलाको नमुना पोजेटिभ आएको हो । यसैगरी बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।   Please follow and like...

Read More

लकडाउन जेठ ५ गतेसम्म लम्बियाे !

सरकारले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ। मन्त्रिपरिषदको बुधबार बसेकाे  बैठकले लकडाउन जेठ ५ गतेसम्म कायम राख्ने निर्णय गरेको हो । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ । लकडाउनकै अवधिमा नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । Please follow and like...

Read More

घुमघाममा वार्षिक ५० हजार खर्च गर्नेलाई आयकर छुट

कोरोना भाइरसबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटकलाई सहुलियत दिनुपर्ने नेपाल पर्यटन बोर्डले सुझाव दिएको छ । कोरोना महामारीबाट परिस्थिति सामान्य हुँदै गएपछि पहिलो चरणमा आन्तरिक पर्यटकलाई नै प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बोर्डले सरकारलाई सुझाव दिएको हो । त्यसका लागि घुम्न निस्कनेको आत्मविश्वास जगाउन पनि घुमघाममा वार्षिक ५० हजार खर्च गर्नेलाई बिल बुझाएको आधारमा आयकर छुट दिनुपर्ने सुझाव बोर्डले दिएको छ । यसो हुँदा सरकारले सामान्य आम्दानी गुमाउँदा पनि अर्थतन्त्रमा ५३ अर्बभन्दा बढीको योगदान पुग्ने बोर्डको हिसाब छ । बोर्डका अनुसार देशभर करिब ७० लाख ८७ हजार जना रोजगार रहेकामा वार्षिक १८ लाख मात्र घुम्न निस्कँदा वार्षिक ५३ अर्ब...

Read More

Cake To Nepal

फेसबुक