Day: २२ बैशाख २०७७, सोमबार ०५:५५

अमेरिकन आइडलको टप १० मा दिवेश

नेपाली युवा दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उत्कृष्ट १० मा पुग्न सफल भएका छन्। २१ वर्षीय दिवेशले आफूलाई शीर्ष १० मा पुर्याउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । आइतबार रातीको कार्यक्रममा आइडलले शीर्ष २० बाट शीर्ष ११ प्रतिस्पर्धी छनोट गरेको हो । शीर्ष १० प्रतियोगी अडियन्सको भोटमार्फत् छनोट गरिएको हो भने अर्का एक प्रतियोगीलाई निर्णायक मण्डलले छानेका हुन् । दिवेश कार्यक्रममा ‘आर्थर गन’को नामबाट प्रतिष्पर्धा गरिरहेका छन्। उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । ‘हामी शीर्ष १० मा पुग्यौ। सुरूदेखि नै समर्थन गरिदिनु भएकोमा सबैलाई धन्यवाद। म विश्वभरिबाट आएको यो विशाल समर्थनलाई कदर गर्दछु। यसलाई व्यक्त गर्न...

Read More

विभिन्न जिल्लामा कोरोना फैलिएपछि रातारात काठमाडौं भित्रिने बढे

तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट २४ भन्दा बढी यातायातका सवारी साधन यात्रु बोकेर काठमाडौँ भित्रिएका थिए । सवारी साधनका लागि नागढुङ्गा नाकामा निसङ्क्रमण टनेल निर्माण गरिएको छ । यसरी बाहिरबाट उपत्यका प्रवेश गर्नेलाई कडाइ गरिए पनि निजी तथा भाडाका सवारी साधन प्रयोग गरी विभिन्न बहाना बनाएर मध्यरातमा उपत्यका भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको बताइएको छ । त्यस्तै फर्पिङ, मुड्खु, भक्तपुरको जगाती र जर्सिङपौवा नाकामा समेत टनेल राख्ने...

Read More

फेरि १५ दिन लकडाउन थप्ने तयारी

कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो। भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले बतायो। केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखेका थिए। नेपालगन्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ।...

Read More