Day: १९ बैशाख २०७७, शुक्रबार ०६:३७

अष्ट्रेलियाको न्यु साउथ वेल्समा ब्युटीपार्लर खुल्ला गर्ने अनुमति , तर यस्तो छ शर्त

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स सरकारले ब्युटीपार्लर खुल्ला गर्ने अनुमति दिएको छ । सरकारले ब्युटी सलुन , स्पा , नेल सलुन , वाक्सिंग सलुनलाई खुल्ला गर्ने अनुमति दिएको हो । ‘मदर डे ‘ ब्युटी पार्लरहरुका लागि एउटा राम्रो अवसर रहेकोले यो निर्णय गरिएको स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रीले बुस फायर देखि अहिलेसम्म यी व्यवसायले राम्रो आम्दानी गर्न नसकेकोले पनि मदर डे आउंदै गर्दा सरकारको यस निर्णयले उनीहरुलाई राहत मिल्ने विश्वास व्यक्त गरेका छन् । यी व्यवसायहरुले ग्राहकको लागि ढोका खुल्ला गर्ने अनुमति पाएतापनि सम्पूर्ण सेवा दिन भने पाउने छैनन् । ब्युटीपार्लर तथा सलुनहरुले सामान तथा...

Read More

अन्तर्राष्ट्रिय उडान सेवालाई इजाजत खुला

अन्तर्राष्ट्रिय हवाई सेवामा स्तरोन्नति गर्न चाहने आन्तरिक हवाई सेवा प्रदायकका लागि सरकारले इजाजतपत्र खुला गरेको छ । निश्चित सर्त र योग्यता तोकेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वैशाख १५ गतेको मन्त्रीस्तरीय बैठकले इजाजतपत्र खुला गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५ मा भएको सर्त तथा योग्यता पूरा गरेकालाई यस्तो इजाजतपत्र उपलब्ध गराइने मन्त्रालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडान गर्न चाहेका आन्तरिक उडान कम्पनीलाई थप प्रतिस्पर्धी बनाउन यस्तो अनुमति जारी गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ । इजाजतपत्रका लागि आवेदन दिन वायुसेवा सञ्चालनको वर्गीकरणअनुसार चुक्ता पुँजी पनि फरकफरक निर्धारण गरिएको...

Read More