Month: १८ बैशाख २०७७, बिहीबार १५:२५

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने कुनै रुची छैन : चीन

बेइजिङ । चीनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने कुनै रुची नभएको स्पष्ट पारेको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार एजेन्सी रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा चीनले आफूलाई पराजित गर्नेतिर लागेको र प्रतिद्वन्द्वी जो बाइडेनलाई विजय बनाएर सहज व्यापार गर्ने दाउमा रहेको बताएका थिए । चिनियाँ सञ्‍चारमाध्यम ग्लोबल टाइम्सका अनुसार चनीले अमेरिकी राष्ट्रपति ट्रम्पको यस आरोपलाई अस्वीकार गरेको छ । चीनले भनेको छ, “अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने कुनै रुची छैन ।” अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना संक्रमण फैलाएको आरोपसमेत चीनमाथि लगाउँदै आएका छन् । ग्लोबल टाइम्समा लेखिएको छ, “अमेरिकी राजनीतिज्ञहरु को चीनप्रति कति कठोर बन्‍नसक्छ भन्‍ने दौडमा छन् । ट्रम्प...

Read More

रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

रोल्पा :  रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले जानकारी दिए। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका९ ७ का १४ वर्षीय लोकिराम डांगी, ११ वर्षीया बिमला डांगी,५ वर्षीय विजय खत्री र सोही गाउँपालिका ९ ४ का १३ वर्षीय गौरव नेपाली रहेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी बताए।   प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको प्रदेश प्रहरी प्रमुख रवीन्द्रबहादुर धानुकले जानकारी दिए। सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले...

Read More

माधव न्यौपानेको लकडाउनको डोरी सार्बजनिक

नेपालि लोक तथा आधुनिक गीत सर्जक माधव न्यौपानले विश्वभर कोरोना फैलिरहेको बेलामा बिभिन्न देशमा लकडाउन भैरहेको छ।लकडाउन लाइ लक्षित गर्दै लकडाउन सम्बन्धि सन्देशमुलक गित लकडाउनकाे डाेरि बजारमा ल्यायका छ्न । लकडाउनकाे डाेरि गित बिभिन्न कलाकार हरुको साथमा MM इनटरटेनमेनट युटुब च्यानल मार्फत सार्वजैनिक गरियको छ । उक्त गितमा खुमन अधिकारि र पृति आले मगरको स्वर रहेको छ । माधव न्यौपानेको शव्द रहेको गीतको संगीत खुमन अधिकारीको रहेको छ । म्युजिक भिडियोमा राजेश हमाल , केमल वलि लगायत बहुचर्चित कलाकारहरुको अभिनय रहेको छ । गीत MM इनटरटेनमेनट युटुब च्यानल मार्फत सार्बजैनिक गरियको हो। उक्त गितमा जस्ले राम्रो अभिनयको सथमा टिकटक...

Read More

अष्ट्रेलियाको नर्थन टेरिटोरी रेष्टुरेन्ट, क्लब देखि क्यासिनोसम्म खुल्ला गर्ने तयारीमा

डार्विन । अष्ट्रेलियाको नर्थन टेरिटोरीमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको नयाँ केस देखिएको छैन । सुरुवातमा कोरोना भाइरसका २८ जना संक्रमित भेटिएको यस क्षेत्रमा पछिल्लो दुई हप्तामा कुनै पनि नयाँ केस देखिएको छैन । कोरोना भाइरस नियन्त्रणमा आएको सकारात्मक संकेत संगै नर्थन टेरिटोरीमा सरकारले सामाजिक दूरीसम्बन्धि हालको नियम खुकुलो पार्ने तयारी  गरेको छ । सरकारले तीन चरणमा नर्थन टेरिटोरी खुल्ला गर्ने घोषणा गरेको हो । पहिलो चरणमा वैवाहिक समारोह , वाटर पार्क , शारीरिक अभ्यास , पर्सनल ट्रेनिंग , गल्फ , टेनिस , प्लेग्राउण्ड , मृत्यु पछिका कार्यको लागि खुल्ला हुनेछ । यो शुक्रबार दिउँसो देखि लागु हुने बताइएको...

Read More

अष्ट्रेलियाको सिड्नी स्थित एज्ड केयर हाउसमा फेरी भेटियो ३ नयाँ केस

सिड्नी । अष्ट्रेलियाको सिड्नी स्थित एज्ड केयर हाउसमा कोरोना भाइरस संक्रमणको तीन नयाँ केस भेटिएको छ । सिड्नीमा रहेको Anglicare हाउसमा फेरी नयाँ केस भेटिएको हो । उक्त Anglicare हाउसमा हालसम्म ३४ जना त्यहाँ रहने वृद्ध वृद्धा र २२ जना स्टाफमा कोरोना भाइरस संक्रमण देखिएको छ । एज्ड केयर हाउसले नयाँ केस कसरी थपियो र किन नियन्त्रण हुन सकिरहेको छैन भन्ने विषयमा अध्ययन तथा अनुसन्धान भइरहेको जनाएको छ । उक्त अनुसन्धानमा राज्यको जनस्वास्थ्य शाखा र विशेषज्ञको समेत सहभागिता रहेको बताइएको छ । Source : 7 News Please follow and like...

Read More

Cake To Nepal

फेसबुक