Author: Himalayan Kangaroo

आइस बकेट च्यालेन्जले नंग्यायो सेलिब्रेटी

जब देखि आइस बकेट च्यालेन्जले सामाजिक सन्जालकाक भित्ता सजिन थाले सोहि बहनामा केहि सेलेब्रेटीहरु भने निर्वस्त्र नांगिन थालेका छन् | यो पङ्क्तिमा पर्छिन् सोफिया हयात | सोफियाले पनि आइस बकेट च्यालेन्ज पुरा गरेकी छिन् | उनको आइस बकेट च्यालेन्ज स्वीकार गरेको भिडियो भाइरलकै रुपमा सामाजिक संजालमा फैलिएको छ | सोफिया हयातले आइस बकेट च्यालेन्ज पुरा गरे लगत्तै ट्वीट गर्दै लेखेकी छिन् ” महिलाहरु आफ्नो शरीरलाई लिएर सर्माउनु हुँदैन बरु महसुस गर्नु पर्छ , त्यसैले मैले यो च्यालेन्जमा  नग्न भएर नै पुरा गरें |” उनले त्यसबखत भिडियो खिचिदिनेलाई समेत धन्यवाद भनेकी छिन् | सोफिया को न्युड भिडियोलाई लिएर कतिपयले सामाजिक...

Read More

सिड्नीमा नेपाल महोत्सवको तयारी अन्तिम चरणमा

अष्ट्रेलियामा सेप्टेम्बर ६ मा आयोजना हुने नेपाल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको एनआरएन अष्ट्रेलियाले जनाएको छ  । नेपाल महोत्सवको दिन नजिकिंदै गर्दा  नेपाल र अष्ट्रेलियामा नै यसको व्यापक प्रचार सुरु गरिएको  छ । सिड्नीमा रहेका नेपालीहरुले यो महोत्सवमा बहुसास्कृतिक प्रतिनिधित्वका लागि एक जना नेपालीले तीन जना विदेशीलाई निमन्त्रणा गर्ने अभियान समेत चलाएका छन् | नेपाली कला संस्कृति झल्किने गरी सिड्नीमा स्वागतद्वार बनाइएको छ । नेपाल महोत्सवमा खानाका मात्रै १० वटा र हस्तकला लगायतका अन्य स्टल २४ वटा गरी जम्म ३४ वटा स्टल राखिने एनआरएन अष्ट्रेलियाले जनाएको छ ।  नेपालको नेवारी समुदायमा चर्चित लाखे नाच पनि यस बर्ष सिड्नीमा नै देख्न पाइने छ । फरक क्षमतकी  एक...

Read More

आशान्त सिरियामा अहिले सम्मकै ठुलो मानवीय संकट

सिरियामा शरणार्थीको संख्यामा वृद्धि भए सगै संकट थप जटिल बन्दै गएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले सिरिया संकट हालसम्मकै सबैभन्दा ठूलो मानवीय संकटका रुपमा रहेको बताएको छ । जारी संकटका कारण हालसम्म तीस लाख सिरियाली नागरिक विभिन्न मुलुकमा शरणार्थीका रुपमा रहेका छन् । विस्थापित भएका सिरियाली नागरिक लेबनन र अन्य मुलुकमा शरण लिइरहेका छन् । करिब तीन वर्षदेखि जारी सिरियाको आन्तरिक द्वन्द्धमा हालसम्म करिब एक लाख ९० हजार मानिसको मृत्यु भइसकेको छ । आन्तरिक शरणार्थीको संख्या पनि करिब ६० लाख पुगेको राष्ट्रसंघको तत्थ्याकंले देखाएको छ...

Read More

चौधरी समूहलाई भेट्दै जापानी राजदुत, लगानी नेपालमा ल्याउन चौधरीको आग्रह

चौधरी समूहका अध्यक्ष विनोद चौधरीले जापान र सिंगापुर जस्ता विकसित मुलुकमा गरिने लगानीको तुलनामा नेपालमा गरिने लगानीको प्रतिफल आर्कषक हुने बताएका छन् । चौधरी समूहको अवलोकन भ्रमणमा पुगेका नेपालका लागि जापानका राजदूत मासाशी ओगावासँंगको भेटमा अध्यक्ष चौधरीले जापानका लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न आग्रह गरेका थिए । अन्तर्राष्ट्रिय लगानीकर्ता नेपालको लगानीको वातावरणका बारेमा पक्कै पनि निश्चिन्त हुन सकिरहेका छैनन् । तर, जसले यहाँं लगानी गरेका छन् उनीहरुले अपेक्षाभन्दा धेरै मुनाफा आर्जन गरिरहेका छन्’ अध्यक्ष चौधरीले भने, जापानी लगानीकर्ताहरुका लागि पनि यो निकै आकर्षक अवसर हो । उनले जापानी लगानीकर्तासँगको साझेदारीका लागि समेत नेपाली निजी क्षेत्र तयार रहेको बताए...

Read More

पाकिस्तानमा सरकार विरुद्ध प्रदर्शन- झडपमा ३ मारिए

पाकिस्तानमा सरकारको राजीनामा माग्दै भइरहेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार सयभन्दा बढी घाइते भएको  सञ्चारमाध्यमहरुले जनाएका छन्। प्रधानमन्त्री नवाज सरिफको राजीनामा माग गर्दै केही सातादेखि भइरहेको प्रदर्शनका क्रममा  प्रदर्शनकारी प्रधानमन्त्री निवासतर्फ अघि बढेपछि झडप भएको हो। कयौं प्रदर्शनकारिलाई प्रहरीले नियन्त्रणमा लिएको छ | पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ  र मौलवी ताहिरुल क़ादरीको पाकिस्तानी अवामी तहरिकले केही सातादेखि सरकारविरुद्ध आन्दोलन चर्काएका हुन् । गत वर्षको चुनावमा धाँधली भएको आरोप उनीहरुको छ। पुनः निर्वाचन हुनुपर्ने उनीहरुको माग छ। यसअघि यी दुई पार्टीका समर्थकहरू नाराबाजी गर्दै संसद भवन परिसरमा प्रवेश गरेका थिए। प्रदर्शनकारी प्रधानमन्त्री...

Read More