Author: Himalayan Kangaroo

सभासदहरुद्धारा प्रधानमन्त्रीको आलोचना

सभासद्हरुले सुशासन कायम गर्न बर्तमान सरकार असफल भएको भन्दै प्रधानमन्त्री सुशील कोईरालाको आलोचना गरेका छन् । ब्यवस्थापिका संसद अन्तरगतको सुशासन समितिको आजको बैठकमा नेपाली कँग्रेसकै सभासद्ले भ्रष्टचार नियन्त्रणका लागि सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन कमजोर बनेको आरोप लगाए । समिति बैठकमा बोल्दै कँग्रेस सभासद्हरु अर्जुननरसिंह केसी, ध्यानगोबिन्द रञ्जित लगायतले प्रधानमन्त्री कोईराला नेतृत्वको बर्तमान सरकार भ्रष्टचार नियन्त्रणमा गंभिर नबनेको दावी गर्नुभयो । प्रधानमन्त्री कोईरालाले बारम्बार भ्रष्टचार मौलाएको अभिब्यक्ति दिएपनि सो नियन्त्रणका लागि सरकारका तर्फबाट कुनै पहल नभएको उनीहरुको आरोप छ । राप्रपा नेपालका दिलनाथ गिरी, स्वतन्त्र सभासद अत्तर कमाल मुसलमान लगायतले भ्रष्टाचार नियन्त्रण निति कार्यान्वयन नगरेर सरकारकाले आफ्नो कमजोरी प्रदर्शन...

Read More

पाकिस्तानी टीमलाई झड्का

पाकिस्तानका फास्ट बलर मोहम्मद इर्फानले चोटका कारण विश्वकप क्रिकेटको नक आउट चरणका खेलहरु खेल्न नसक्ने भएका हुन् । यो संगै क्वार्टरफाइनलमा अष्ट्रलियासँग खेल्नु अघि पाकिस्तानी टीमलाई झड्का लागेको छ । समूह चरणको अन्तिम खेलमा आयरल्याण्डलाई हराउँदै पाकिस्तानले सुपर एटमा स्थान बनाएको थियो । पाकिस्तानले शुक्रबार एडिलेडमा घरेलु टोली अष्ट्रेलियाको सामना गर्नेछ । अब अष्ट्रेलियालाई पराजित गरे मात्र इर्फानका स्थानमा नयाँ खेलाडी ल्याइने भएको छ । चोटकै कारण पाकिस्तानले सइद अजमद, जुनिदान खान र मोहम्मद हाफिजलाई यो विश्वकपमा गुमाएको थियो...

Read More

गैरआवायिहरुका लागि असुरक्षित बन्दै अष्ट्रलिया

अष्ट्रेलिया पड्न र रोजगारीको लागि हरेक देशका नागरीकहरुको प्रमुख गन्त्यव्यको रुपमा परिचित हुँदै गएको छ । तर पश्चिम सिड्नीमा गत शनिबार राती एक  महिलाको हत्या भएपछि गैरआवासियहरुको सुरक्षाको विषयले गम्भीर प्रश्न खडा गरेको छ । ४१ बर्षीय भारतीय महिलाको गत शनिबार राती पर्रामत्ता पार्कमा हत्या भएको थियो । राती साढे नौ बजे कामबाट घर फर्कदै गरेको अवस्थामा उनिमाथी अज्ञात समुहले धारिलो वस्तुले प्रहार भएको थियो । अष्ट्रेलियामा आईटी इन्जिनियरका रुपमा काम गर्दै आएकी प्रभाले भारतमा रहेका श्रीमानसंग फोनमा कुरा गरिरहेका बेला अचानक उनिमाथी आक्रमण भएको अनुसन्धानमा देखिएको सिड्नी प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो । उनी...

Read More

संविधानसभा र सभासद हाँसो मजाकको पात्र : नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले सहमतिमा संविधान जारी गर्न सत्तारुढ र विपक्षी दलहरुले आ आफ्नो दम्भ त्याग्नु पर्ने बताएका छन् । काठमाडौमा आज पत्रकारहरुसंग कुरा गर्दै ठूला दलहरुले संख्याको अहम र आन्दोलनकारीहरुले हाम्रो मोर्चा ठूलो छ भनेर दम्भ देखाउन नहुने बताए । दोस्रो जनआन्दोलनमा सबै जात जाति, भाषा भाषी सबै मलेर आन्दोलन गरेको भन्दै उनले यसको मर्म अनुुसार संविधानसँगै संघीयता बन्नुपर्ने बताए । अब जेठ १५ मा संविधान बनाउनु पर्ने भन्दै उनले सत्तारुढ र विपक्षी दलहरुले आ आफ्नो दम्भ त्याग्नु पर्ने बताए । सहमतिका लागि अधिकतम प्रयास गर्नुपर्ने तर, त्यसका लागि समयसीमा तोक्नु पर्ने बताए । समयमा संविधान नबन्दा संविधानसभा...

Read More

तत्काल पार्टी एकता हुँदैन : गजुरेल

नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत माओवादीसँग तत्काल पार्टी एकता सम्भव नरहेको बताएका छन् । आज सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै तत्काल दुई पार्टीको एकता  नहुने स्पष्ट पारेका हुन् । उपाध्यक्ष  गजुरेलले संविधान सभाबाट नयां संविधान निर्माण गर्ने सबाल अन्त्य भैसकेको जिकिर पनि गरे...

Read More