Author: Himalayan Kangaroo

जाजारकोट प्रकरणमा गम्भीर बन्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य निकायलाई जाजरकोटमा फैलिएको स्वाइन फ्लुको रोकथाम र उपचार युद्धस्तरमा गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कोइरालाले स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी,स्वास्थ्य तथा जनसंख्या सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्र उप्रेती र स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी महाशाखा प्रमुख डा.बाबुराम मरासिनी सहितको टोलीलाई प्रधानमन्त्री निबास बालुवाटारमा बोलाएर निर्देशन दिनुभएको हो । महामारी रोक्नका लागि विशेषज्ञहरुको टोली पठाउन निर्देशन दिदै प्रधानमन्त्री कोइरालाले थप मानवीय क्षति हुन नदिन आवश्यक सबै व्यवस्था मिलाउन समेत निर्देशन दिनुभयो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले स्वास्थ्यकर्मीहरु खटाइएको स्थानमा नजाने प्रबृत्तिले दुर्गम स्थानका नेपालीहरुले सामान्य उपचारयोग्य रोगबाटै असामयिक रुपमा जीवन गुमाउनु परेको...

Read More

पश्चिमा राष्ट्रहरुको प्रतिबन्धले रुसलाई आत्मनिर्भर बनायो : पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरुले लगाएको प्रतिबन्धले रुसलाई आत्मनिर्भर बन्न प्रोत्साहित गरेको धारणा व्यक्त गरेका छन् । उनले रुसको आर्थिक समस्याको विषयमा गरिएको टेलिभिजन बहस मार्फत जनताले सोधेको प्रश्नको जवाफ दिदै नाकाबन्दीसँग जुध्न अधिक आत्मनिर्भर बन्नुपर्ने बताए । युक्रेनसँगको विवादका कारण रुसमाथि युरोपेली युनियन र अमेरिकाले लगाएको प्रतिबन्ध तत्काल खारेज हुने सम्भावना नरहेको आफुले ब्यवासायीहरुलाई बताएको पनि पुटिले जानकारी दिए । वर्तमान नाकाबन्दीको अवस्थालाई अवस्थालाई आर्थिक बृद्धिको नयां स्तरको विकासमा पुग्नका लागि प्रयोग गर्नु पर्ने पुटिनको भनाइ छ । रुसी मुद्रा रुवेलको मुल्य उकालो लाग्दै गएका कारण अर्थ ब्यबस्था पहिलेकै स्थानमा आउन दुर्ई बर्ष अथवा त्यो भन्दा कम...

Read More

मोरङले मनाङलाई बराबरीमा रोकेर अंक खोस्यो

रेडबुल राष्ट्रिय लिगमा शीर्ष स्थानको मनाङ मस्र्याङदीलाई मोरङ फुटबल क्लबले गोल रहित बराबरीमा रोकेको छ । बिहीबार बिराटगनर स्थित शहीद रंगशालमा भएको खेलमा लिग लिडर मनाङले घरेलु टोली मोरङ संग गोलरहित बराबरी खेलेपछि झापा एघार संगको अंक दुरी ३ अंकले बढाउने अवसर समेत गुमायो । स्टार खेलाडीले भरिएको मनाङले गोल गर्ने पाएपनि मोरङका गोल रक्षक किशोर गिरी बाधक बने । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा घरेलु टोलीका गोल रक्षक गिरीले उत्कृष्ट प्रदर्शन गर्दा मनाङ अंक बाड्न बाध्य भयो । जारी लिगमा मनाङको यो लगातार दोस्रो बराबरी हो । मनाङको ५ खेलबाट ११ अंक रहेको छ । दोस्रो स्थानमा रहेको झापाको...

Read More

आजको राशिफल: मिति २०७२ वैशाख ४ गते । शुक्रवार ।

मिति २०७२ वैशाख ४ गते । शुक्रवार । तद अनुसार अप्रिल महिनाको १७ तारिख सन् २०१५ । मेष: नेतृत्व क्षमता वृद्धि हुने वृष:पारिवारिक सम्बन्धमा सुधार आउने मिथुन:सन्तानको सहयोग प्राप्त हुने कर्कट: राजनीतिक अन्योल बढ्ने सिंह: प्रेममा मधुरता छाउने कन्या: नयाँ साथी बनाउने अवसर मिल्ने तुला:रमाइलो यात्रा हुने वृश्चिक:दाम्पत्य जीवन सुखमय रहने धनु: अधुरा काम पूरा हुने मकर: उल्झनमा परेका कार्य सुचारु हुने कुम्भ: दैनिक कार्यमा परिवर्तन आउने मीन: नयाँ योजना...

Read More

पूर्व प्रधानमन्त्री थापाको निधनको शोकमा आज सार्वजनिक विदा

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा आज शुक्रबार एक दिन सार्वजनिक विदा दिएको छ । विहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शुक्रबार सार्बजनिक विदा दिने निर्णय गरेको हो । भारतको नयाँदिल्लीमा उपचारको क्रममा बुधबार राति थापाको निधन भएको थियो । थापाको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ । त्यसैगरी एक दिन झण्डा आधा झुकाउने र स्वदेश तथा विदेशका सबै कुटनीतिक नियोगहरुमा एक दिन विदा दिने बैठकले निर्णय गरेको छ । यसका साथै मन्त्रिपरिषदको बैठकले बैशाख ६ साते प्रधानमन्त्री सुशील कोईराला इन्डोनेशियाको वाङडुङमा हुन लागेको एसियाली अफ्रिकी सम्मेलनमा सहभागी हुने निर्णय समेत गरेको छ...

Read More