Author: Himalayan Kangaroo

के भारतलाई मनाउँन कमल थापा सफल होलान् ?

विशेष । भारतले नेपालमाथि नाकाबन्दी लगाएको २० दिन भन्दा बढी भैसकेको छ । नाकाबन्दीका कारण विशेष गरी इन्धनको अभावमा मुलुकभरको जनजीवन ठप्प प्राय भैसकेको छ । सार्वजनिक सवारी साधान नचल्दा यात्रुहरु गन्तव्यसम्म पुगेका छैनन् भने उद्योग व्यवसायहरु पनि ठप्प भएका छन् । यसबीचमा भारतसँग वार्ताका लागि सरकारले आफ्ना राजदूत दीपकुमार उपाध्याय मार्फत पहल गरे । तर त्यसले पनि भारत सकरात्मक रहेन र नाकाबन्दी कायमै राख्यो । त्यसपछि निवर्तमान वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा औपचारिक रुपमा दिल्ली पुगेर नाकाबन्दी खोलिदिन भारतसँग आग्रह गरे । उनको मन राख्न भारतले तत्कालका लागि हुन्छ भनेर मुन्टो हल्लाए तर नाका भने खोलिदिएन ।...

Read More

म नायिका होइन : ऋचा शर्मा

काठमाडौं । यसवर्षको नायिका तर्फको राष्ट्रिय फिल्म अवार्ड विजेता अभिनेत्री ऋचा शर्माले आफू नायिका नभएको बताएकी छिन् । उनले आफू नायिका भन्दा पनि अभिनेत्री रहेको बताउँदै आफ्नो लागि भूमिका गौण रहेको बताइन् । शनिवार एक टेलिभिजनसँगको कुराकानीमा अभिनेत्री शर्माले यतिखेर आफू चलचित्रको क्षेत्रमै गम्भीरतापूर्वक समर्पित भएर लागिरहेको बताइन् । पूर्व सञ्चारकर्मी समेत रहेकी उनले चलचित्र क्षेत्रमा लागिसकेपछि भने सञ्चार क्षेत्र आफ्नो लागि टाढा भएको स्वीकारिन् । उनी भन्छिन्–चलचित्र क्षेत्रको चमकदमकमा यसरी हराएँ कि अरु क्षेत्रका लागि मसँग समय नै रहेन । चलचित्र टलकजंग भर्सेस टुल्केको फुली चरित्रमा उनले गरेको अभिनयका लागि यसवर्ष थुप्रै अवार्ड जित्न सफल ऋचाले उक्त चरित्र...

Read More

तमु समाज अस्ट्रेलियाको अध्यक्षमा ज्ञानबहादुर गुरुङ

मेलबर्न । तमु समाज अस्ट्रेलियाले नयाँ नेतृत्व पाएको छ । ज्ञानबहादुर गुरुङको अध्यक्षतामा समाजको नयाँ कार्यसमिति गठन गरिएको हो । ३ अक्टोवरमा भएको अधिवेशनले ज्ञानबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो  । समाजको दुई जना उपाध्यक्षमा ज्ञानेन्द्र गुरुङ र लक्ष्मण गुरुङ चुनिएका छन् भने सचिवमा युवराज गुरुङ  र कोषाध्यक्ष लेख गुरुङ रहेका छन् । समाजको चाडै नै बस्ने सदस्यहरुको भेलाले अन्य पदाधिकारी निर्णय गर्ने सल्लाहकार देव तमुले बताए । यसैबीच तमु समाजको आयोजनामा तमु ल्होछार २०१६ आगामी जनावरी ९ शनिवार मराना अडिटोरियममा हुने भएको छ । उक्त दिन तमु संस्कृति अनुसार ल्होसारको पुजा गर्नुका साथै नेपालबाट आएका कलाकारहरुको...

Read More

थ्रीस्टारले जित्यो एक करोड धनराशीको राष्ट्रिय लिग

काठमाडौं । साविक विजेता मनाङ मस्र्याङ्दी क्लबलाई पछि पार्दै थ्री स्टार क्लवले राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ । शनिवार भएको खेलमा मनाङलाई दुई शून्य गोल अन्तरले हराउँदै थ्री स्टारले एक करोड धनराशीको पुरस्कार आफ्नो पोल्टामा पारेको हो । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा खेलको पहिलो हाफसम्म दुबैटिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफको सुरुवातमै ओलाओलेले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । त्यस्तै खेलको ९१ औँ मिनेटमा विजय धिमालले गोल गर्दै थ्री स्टारलाई दुई शून्यको जित दिलाए । शनिवारको खेलमा पराजित भएर मनाङ प्रतियोगितामा तेस्रो बनेको मनाङले २५ लाख रुपैयाँ पाएको छ । यसअघि हिजो भएको...

Read More

निगमले एक लाख ५० हजार टन इन्धन ल्यायो

काठमाडौँ । भारतले अघोषितरुपमा नाकाबन्दी लगाएपछि नेपाल वायु सेवा निगमले हालसम्म करिब एक लाख ५० हजार टन पेट्रोलियम पदार्थ आयात गरेको छ। नेपाल आयल निगमसँग द्विपक्षीय सहमति गरेर निगमले सात दिनका लागि आन्तरिक उडान भर्न पुग्ने इन्धन ल्याएको जनाएको छ। चाडबाडको समयमा हवाइ यात्रुलाई सहज ढङ्गले गन्तव्यमा पुर्याउन आयल निगमले नेपाल वायु सेवा निगमसँग सहकार्य गरी इन्धन आपूर्ति गरेको हो। स्थलमार्गबाट इन्धन ल्याउन कठिनाइ भएपछि नेपाल आयल निगमले नेपाल वायु सेवा निगमलाई इन्धन ल्याइदिन गरेको आग्रहअनुसार नै दैनिक एक उडानमार्फत आयात गरिएको छ। भारतको कोलकातास्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट सिधै इन्धन खरिद गरी जहाजमा ल्याइरहेको छ। निगमले बिहीबार एक...

Read More