Author: Himalayan Kangaroo

दिउँसो बारम्बार झकाउनु,फाइदा कि बेफाइदा ?

काठमाडौं । दिउँसो बारम्बार झकाउनु समस्या भए पनि हप्ताको एक वा दुईपटक दिनको समयमा झकाउनु दीर्घ जीवनका लागि सहायक बन्ने देखिएको छ । स्वीट्जरल्याण्डमा भएको अनुसन्धानमा हप्ताको एक वा दुईपटक झकाउँदा मुटु सम्बन्धी रोगको समस्या कम गर्ने देखिएको हो । कहिले काहिँ झकाउँदा हृदयघात, स्ट्रोक तथा मुटु सम्बन्धी रोगहरुको जोखिम आधाले कम गर्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन् । तर बारम्बार झकाउँदा यसले स्वास्थ्यमा कुनै मुनाफा नहुने जनाइएको छ । अनुसन्धानका प्रमुख अथर तथा स्वीट्जरल्याण्डको युनिभर्सिटी अफ लाउसानेबाट विद्यावारिधी गरिरहेका अनुसन्धानकर्ता नादिनी हाउस्लरले बताएका छन्, ‘बारम्बार झकाउनेहरुमा कार्डिओभास्कुलर डिजिजको समस्या बढाउने देखिएको छ । तर आकलझक्कल न्याप लिँदा या झकाउँदा...

Read More

शुक्रबार इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी शुक्रबार परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका...

Read More

दक्षिण एसियाली सबै मुलुकमा डेंगु संक्रमण

काठमाडौं । एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ। उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन्। ‘दक्षिण एसियाका अन्य मुलुकमा प्रभावित पारिरहेको र नेपालमा संक्रमण बढाइरहेको लामखुट्टेको भाइरस एउटै हो’, भारतका वरिष्ठ किटविज्ञ डा बीएन नागपालले भने। लामखुट्टेको लार्भा नष्ट गर्नु चुनौती भएको उनले बताए। समुदायस्तरबाट डेंगु नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने सुझाव उनले दिए। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) की प्रतिनिधि डा लुङतेन वाङचुकले डेंगु संक्रमण बढ्नुमा सरसफाइको कमी, अव्यवस्थित सहरीकरण, उच्च जनघनत्व, बसाइसराइ र विश्व उष्णीकरणलगायत कारक तत्त्व जिम्मेवार रहेको बताइन्।...

Read More

केरुङ – काठमाडौँ रेलमार्ग चीनको प्राथमिकतामा नपर्ने

छिमेकी चीनले तीन साताअघि सिगात्से–केरुङ रेलमार्गको निर्माण कार्य सुरु गरेको छ । सिगात्से आइपुगेको तिब्बत रेलमार्ग आगामी सात वर्ष्भित्र रसुवागढीबाट २४ किलोमिटर नजिकको हिमाली उपत्यका केरुङ जोड्ने चीनको योजना छ । यसअघि चीनले रेलमार्ग सन् २०२० सम्म सिगात्सेमा ल्याउने लक्ष्य राखेको भए पनि भौगोलिक विकटताका कारण देखाउँदै समय पछि धकेलेको हो । सो रेलमार्गको दूरी ५४० किलोमिटर हुनेछ । तर, केरुङदेखि काठमाडौंसम्मको रेलमार्गका लागि चीनको प्र्राथमिकता नरहेको बुझिएको छ । गत साता मात्रै नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले पनि सो विषयलाई भन्दा चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनातर्फ जोड दिए । केरुङ–रसुवागढी रेलमार्गको विषयमा फिजिबिलिटी अध्ययनको...

Read More

ब्रिसबेनमा अष्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता,प्रथम समूहलाई १६ सय डलर

मेलबर्न । ब्रिसबेनमा अष्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता हुने भएको छ । नेपलिज एसोसिएसन अफ कुइन्सलाण्डको आयोजना तथा गैर आवासीय नेपाली संघ, अष्ट्रेलियाको संयोजनमा यहि आउदो सेप्टेम्बेर २८ र २९ तारिखका दिन अष्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता हुन लागेको हो । ूहाम्रो संस्कृति हाम्रो पहिचान, गरौ प्रबर्धन, सम्बर्धन अनि सम्मानू को नारा सहित हुन लागेको नृत्य प्रतियोगितामा न्युजिल्याण्ड सहित अष्ट्रेलियाको तास्मेनिया बाहेक अन्य राज्यबाट सहभागीता रहने आयोजकले जनाएको छ । यस प्रतियोगितामा नेपालका बिभिन्न जातजाति, भेषभुषा, भाषा, साहित्य, कला र लोक संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत हुने छन् । प्रतियोगितामा एकल, युगल र समूह गरि ३ विधामा नृत्यहरुको प्रस्तुति रहने छ ।...

Read More