Author: Himalayan Kangaroo

आजबाट नयाँ भाडादर कायम

काठमाडाैं ।  यातायात व्यावसायीले आजबाट नयाँ भाडादर कायम गरेका छन् । दशैंको मुखैमा आएर व्यवसायीले १० प्रतिशत भाडादर बढाएका हुन् । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । हिजो साँझ भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर बढाउने सहमति भएको छ । समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति...

Read More

श्रीमान विदेशः परपुरुषसँगको सम्बन्धबाट जन्मेको शिशुको हत्या

काठमाडौं । आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–१ की सम्झना तामाङ रहेकी छन् । हिजो शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो । श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको उनले हत्या गरेकी हुन् । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान, घरपरिवार र स्थानीयवासीले दिएको सूचनाको आधारमा ज्यान मुद्दा अभियोगमा कारबाहीको लागि तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले घटनामा संलग्न रहेका परपुरुषको पनि पहिचान भइसकेकाले उनलाई पक्राउ गर्न...

Read More

विप्लव माओवादीको बन्दको आंशिक प्रभाव

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान परेको उपत्यका बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण सार्वजनिक सवारी सञ्चालन नहुँदा विहानैबाट राजधानीको जनजीवन केही प्रभावित भएको छ । आज विहानैबाट बन्दको अवज्ञा गरेको भन्दै केही सवारी साधानमाथि तोडफोड गरेको बताइएको छ । आजको बन्दमा बल प्रयोग नहुने तर समर्थन हुने बताइएको छ । आफ्नो नेता कार्यकर्तामाथि सरकारले झुटा मुद्दा लगाउने, अदालतले रिहाईको आदेश गर्दा पनि परिसरबाटै पुनः गिरफ्तार गर्ने गरेको भन्दै नेकपाल उपत्यका विशेष ब्यूरोले बन्दको आह्वान गरेको थियो । नेकपाका उपत्यका ब्यूरो इन्चार्ज प्रज्वले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै पार्टीका नेता, कार्यकर्तामाथि धरपकड जारी राखेको भन्दै विरोधमा...

Read More

भरतपुरमा अष्ट्रेलियन एजुकेशन सेमिनार सम्पन्न

चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनको आयोजनामा शनिबार भरतपुरमा अष्टे«लियन एजुकेशन सेमिनार सम्पन्न भएको छ । भरतपुर गार्डेन रिसोर्टमा भएको एजुकेशन सेमिनारमा विद्यार्थीहरुको विहानैदेखि भिड लागेको थियो । विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको सेमिनारमा एक हजार भन्दा बढी विद्यार्थीहरु सहभागि भएको एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । वृहत अष्ट्रेलियन एजुकेशन सेमिनारमा सहभागि विद्यार्थीहरुले स्टडी ग्रुप, चाल्र्स स्टर्ट युनिभर्सिटि, टोरेन्स युनिभर्सिटि, भिक्टोरिया युनिभर्सिटि, कपलान विजनेश स्कूल, मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजि, साउदन क्रस युनिभर्सिटिलगायत १६ वटा कलेज तथा युनिभर्सिटिहरुका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा त्यहाँको शिक्षा र नेपाली विद्यार्थी जान सक्ने cj:yfको बारेमा जानकारी लिएका थिए...

Read More

‘ए’ डिभिजन लिगको उद्घाटनमा एनआरटी र आर्मी भिड्ने

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्यूरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा खेलाडी दर्ता गरेका छन् । एन्फाले दिएको शुक्रबारसम्मको समयसीमाभित्र ‘ए’ डिभिजनका १४ क्लबले न्यूनतम १८ देखि अधिकतम ३५ खेलाडी एन्फामा दर्ता गराएका छन् । एन्फाले यसै वर्षदेखि खेलाडी दर्ताको प्रावधान ल्याएको हो । सहभागी १४ मध्ये १२ क्लबले अनलाइनसहित हाडकपीसमेत एन्फामा बुझाएका छन् भने फ्रेण्ड्स क्लब र मनाङ...

Read More