अष्ट्रेलियामा न्याभ कप २०१९ को उपाधिको लागि भिड्दै नरे किंग्स र रोयल राइनोज
मेलबर्न । अष्ट्रेलियामा बसोवास गर्ने नेपालीहरुको साझा संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरिया (न्याभ)ले हरेक वर्ष न्याभ कप आयोजना गर्दै आएको छ । न्याभ कप क्रिकेट प्रतियोगिता यो वर्ष गत जनवरी ६ बाट शुरु भएको छ । न्याभ कप सुरु भए देखि हरेक आइतबार हुँदै आएको खेल फाइनलसम्म पुगेको छ । गत आइतबार सम्पन्न सेमिफाइनलमा रोयल राइनोज क्रिकेट क्लब र एक्स्पर्ट क्रिकेट क्लब तथा नरे किंग्स र हिमालयन क्लब भिडेका थिए । जस मध्येबाट रोयल राइनोज र नरे किंग्स फाइनलमा पुगेका छन् । न्याभ कप २०१९ को फाइनल खेल आगामी ३ मार्चमा JC Donath Reserve , Reservoir मा हुनेछ ।...
Read More