नेकपा एमालेले पार्टीको स्थायी र पोलिटब्यूरो सदस्य छान्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई दिएको छ ।

आज बसेको पदाधिकारी बैठकले स्थायी र पोलिटब्यूरो  सदस्य छान्ने जिम्मा दुबै नेतालाई दिने निर्णय गरेको हो । महाधिवेशनमा दुई प्यानलबाट चुनावी मैदानमा उत्रेका नेताहरुबीच भागबण्डा नमिलेपछि दुबै कमिटी निर्माण हुन सकेको थिएन । दुई नेताले जिम्मा पाएपछि दुबै कमिटी भागबण्डाका आधारमा निर्माण हुने भएका छन् । पदाधिकारी बैठकले सहमतिमा स्थायी र पोलिट्व्युरो सदस्य छान्न दुई नेतालाई जिम्मा दिएको एमाले नेता रघुजी पन्तले जानकारी दिनुभयो । पदाधिकारी बैठकको निर्णयपछि स्थायी र पोलिटब्यूरो चयनका लागि आज हुने भनिएको निर्वाचन पनि रोकिएको छ ।

आज बसेको केन्द्रीय कमिटीको बैठकले पनि  पोलिटब्युरो र स्थायी कमिटीको गठन सर्वसम्मतिबाट हुनेगरी पहल गर्न पार्टी अध्यक्ष ओली, नेता नेपाल लगायत नेताहरूलाई आग्रह गरेको हो ।

Comments