नेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेलले सर्वपक्षीय राजनीतिकसभा गठन गरेर मात्र संविधान जारी गर्नुपर्ने बताउनुभएको छ ।

धनकुटामा आज आयोजित कार्यक्रममा बोल्नुहुँदै नेता गजुरेलले आफूहरुले अघिसारेको सर्वपक्षीय राजनीतिक सभाको मागलाई बेवास्ता गरेर संविधान सभामार्फत संविधान जारी गर्न खोजिए त्यसले फेरी अर्को द्वन्द्व निम्त्याउने चेतावनी दिनुभयो । गजुरेलले आफ्नो पार्टी संविधान विरोधी नभएको भन्दै सबैलाई मान्य हुने संविधान निर्माणका लागि सर्वपक्षीय राजनीतिक सभा निर्विकल्प रहेको जिकिर गर्नुभयो ।

कोईराला नेतृत्वको सरकार भ्रष्टाचार सूचिको अघिल्लो पंक्तिमा देखिएको भन्दै तत्काल यो सरकार विघटन गरेर राष्ट्रिय सरकार गठन गर्नु पर्ने माग गर्नुभयो ।

Comments

comments