मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिबिना संबिधान जारी गरे मुलुकमा द्वन्द्व निम्तिने चेतावनी दिनुभएको छ ।

मोरङको विराटनगरमा आज आयोजित कार्यक्रममा बोल्नुहुँदै गच्छदारले माघ ८ भित्रै संबिधान जारी गर्न कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेशी मोर्चाबीच सहमति भइसकेको जिकिर गर्नुभयो । उहाँले नेपाली जनताले राजनीतिक दलका नेतृत्वलाई पटक पटक पत्याएर जिम्मेवारी सुम्पिए पनि राजनीतिक दलको नेतृत्व गर्ने सबै नेताहरु असफल सिद्ध भएको दाबी गर्नुभयो ।

गच्छदारले मुलुकलाई सही र निश्चत वाटोमा र्डोयाउन नेताहरु असफल भएको धारणा व्यक्त गर्नुभयो ।

Comments

comments