संविधानका विवादित मुद्दामा सहमति जुटाउन आज दलहरुबीच सयुक्त छलफल हुनेछ ।

हिजो दिनभर आन्तरिक छलफलमा व्यस्त रहेका दलहरुले आज सामुहिक छलफल गर्नेछन् । आजदेखि संविधानसभामा संवाद समितिले बुझाएको प्रतिवेदनमाथि शीर्ष तहमा छलफल गर्नेगरि दलहरु सहमति जुटाउने प्रयासमा छन् । एमाले उपाध्यक्ष भीम रावलले आज चार पक्षबीच निर्णायक छलफल गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले दलहरु धेरै विषयमा सहमति नजिक आइसकेकाले संविधानसभाको बैठक चलिहेकै अवस्थामा सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । छलफलको समय भने तय भइसकेको छैन । प्रदेशको संख्यामा कांग्रेस–एमालेका नेताहरूले पनि सहमतिका लागि सात प्रदेशको अडानबाट आठ प्रदेशसम्म जान सकिने संकेत गरेका छन् भने एमाओवादी पनि त्यसैमा सहमति गर्न तयार देखिएको छ ।

संघियताको सीमाङकनका विषयमा केही विवाद छ ।  बैठक साँझ प्रधानमन्त्रकिो सरकारी निवास बालुवाटारमा बस्ने तयारी छ ।

Comments

comments