प्रधानमन्त्री सुशील कोइरालाले बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्न प्रभावकारी भुमिका निर्वाह गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।

वरिष्ठ प्रहरी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले दुर्घटना नियन्त्रण हुन नसकेको भन्दै तल्लो तहसम्म प्रहरी परिचालन गरेर दुर्घटना नियन्त्रण गर्न निर्देशन दिनुभयो । उहाँले थोत्रो बस, बढी यात्रु र चालकको लापरबाही र बसवालाको बढी पैसा असुल्ने प्रवृत्तिका कारणले सवारी दुर्घटना बढेको बताउँदै सरकार सवारी दुर्घटनाप्रति गम्भीर भएको बताउनुभयो । सम्मलेनलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सवारी नियन्त्रण प्रभवाकारी बनाउने हो भने यस सम्बन्धी नियम कानुनलाई तत्काल संसोधन गरेर समय सापेक्ष बनाउनुपर्ने  धारणा व्यक्त गर्नुभयो ।

उहाँले सवारी तथा यातायात व्यवस्था ऐन यात्रुमैत्री भन्दा पनि चालक र सवारीधनी मैत्री रहेको भन्दै यसलाई तत्काल परिमार्जन गर्न सरकारसंग  आग्रह गर्नुभयो ।

Comments

comments