उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले प्रहरीको प्रमुख चुनौती अपराध नियन्त्रण गर्नु भएको बताउनुभएको छ ।

५९औं अपराध अनुसन्धान दिवसको सन्दर्भमा आज काठमाण्डौमा भएको कार्यक्रममा उहाँले अपराध नियन्त्रण गर्नका लागि प्रहरीलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो । वैज्ञानिक र परिमाणमुखी अनुसन्धान अहिलेको आवश्यकता भएको भन्दै गृहमन्त्री गौतमले उपलब्ध स्रोत–साधनबाट नेपाल प्रहरीले अहिलेसम्म गरेको कामको प्रशंसा पनि गर्नुभयो ।

उहाँले मानवअधिकारवादीहरुले प्रहरी प्रशासनले गरेको कामको बढी नकारात्मक टिप्पणी गर्ने गरेको गुनासो समेत गर्नुभयो । गृहमन्त्री गौतमले अपराध नियन्त्रणका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Please follow and like us:

Comments