एकीकृत नेकपा माओवादीका शीर्षनेताहरु डाक्टर बाबुराम भट्टराईलाई पार्टी अध्यक्ष बनाउन सहमत भएका छन् ।

सकेसम्म चाँडो महाधिवेशन गर्ने र अध्यक्ष दाहालले डाक्टर बाबुराम भट्टराईलाई एक कार्यकालसम्म अध्यक्ष पद हस्तान्तरण गर्ने सहमति भएको हो । विशेष महाधिवशेनबारे छलफल गर्न मंसिर २८ गतेदेखि केन्द्रीय समितिको बैठक बस्दैछ ।  एकीकृत माओवादी नेता वर्षमान पुनको घरमा भएको शीर्ष नेताहरुको गोप्य बैठकमा डाक्टर भट्टराईलाई पार्टी अध्यक्ष बनाउने सहमति भएको हो । सो बैठकमा दाहाल पक्ष र भट्टराई पक्षमा करिब एक दर्जन शीर्षनेता सहभागी थिए ।

भट्टराईलाई अध्यक्ष बनाउने गरी भएको सहमतिअनुसार एक कार्यकाल अर्थात बढीमा चार वर्षपछि भट्टराईले नयाँ पुस्तालाई पद हस्तान्तरण गर्नुपर्ने छ । गोप्य बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सहभागी नगराइएको र भट्टराईलाई अध्यक्ष बनाउने अग्रिम सहमति भएकोमा उपाध्यक्ष श्रेष्ठ असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।

Comments