सरकारले कुहिने र नकुहिने फोहोर संकलन छुट्टाछुट्टै गर्ने गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी काठमाडौ घोषणापत्र जारी गरेको छ ।

सहरी विकास मन्त्रालय, संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय, फोहोरमैला स्रोत व्यवस्थापन केन्द्र, काठमाडौ महानगरपालिका लगाएत स्थानीय निकायका प्रतिनिधिहरुले हिजो एकैदिन अन्तराष्ट्रिय कार्यशाला गरी १० बुँदे घोषणापत्र जारी गरेका हुन् ।

घोषणापत्रको पहिलो बुँदामा घरघरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने उल्लेख छ भने दोस्रोमा त्यसरी छुट्याइएको फोहोर संकलन समेत अलग अलग तरिकाले गरिने उल्लेख छ ।

Comments