डिसेम्बर ७ आइतबार वेरमोन्ट साउथ कम्युनिटी हाउसमा नेपाली समुदायको  बाक्लो उपस्थितिका बीच  आफ्ना विद्यार्थी र तीनका अभिभावकलाई हार्दिकता पुर्वक सहभगिता र सहयोगका निम्ति धन्यवाद ज्ञापन गर्दै थिईन् ” कुसुम पोखरेल” | पोखरेल ” हाम्रो नेपाली पाठशाला” कि सँस्थापक हुन् | अष्ट्रेलियामा रहेका नेपाली बालबालिकालाई नेपाली भाषा, कला संस्कृति र नेपाली पहिचान बारे नियमित कक्षा नै सन्चालन गरि विद्यालयको रुपमा संचालन भएको  ” हाम्रो नेपाली पाठशाला”ले आफ्नो स्थापनाको एकवर्ष सफलता पुर्वक सम्पन्न गरेको छ |

10846577_10202929887077399_931656147_n

 

यो वर्ष  २०  जना विद्यार्थीहरुले  ” हाम्रो नेपाली पाठशाला”बाट शिक्षा हासिल गरेका छन् | बार्षिक कार्यक्रममा  ” हाम्रो नेपाली पाठशाला”मा १ बर्षिय अध्ययन पुरा गर्ने सबै विद्यार्थीहरुलाई  अभिभावकहरुको उपस्थितिमा  प्रमाण पत्र वितरण गरिएको थियो | साथै एक बर्षको अवधिमा स्वयम् सेवी शिक्षकका रुपमा सहयोग पुर्याउने अशोक खतिवडा तथा बहिनि बाबा पन्तलाई उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको थियो | ” हाम्रो नेपाली पाठशाला”ले पाइलट प्रोजेक्टको रुपमा अघि ल्याएको सामुदायिक विद्यालयको  यो अवधारणाले बिदेशी भुमिमा हुर्कदै गरेका नेपाली बालबालिकालाई नेपाली भाषा र संस्कृति , नेपाली रहनसहन तथा  चालचलन बारे अध्ययन गर्ने अवसर प्रदान गरेकोमा सहभागीहरुले खुशी ब्यक्त गरेका थिए |

10836219_10202929886037373_1838341576_n

 

 

सोहि कार्यक्रममा अष्ट्रेलियामा नै हुर्किएर अध्ययन गरिरहेका विद्यार्थीहरु अनुपम श्रेष्ठ, निर्भाना भण्डारी र समृद्धी अधिकारीले आफुले  च्यारिटी प्रोजेक्ट रुपमा  सन्चालन गर्दै आएको नेपाली बालबालिकाहरुका निम्ति स्वास्थ्य शिक्षा कार्यक्रमबारे प्रस्तुतीकरण गरेका थिए | पाठशालामा अध्ययन गरेका बालबालिकाहरुले  त्यो प्रस्तुति हेरी सकेपछि  नेपालमा नै रहेका  नेपाली बालबालिकाहरुको निम्ति भविष्यमा आफुले पनि सहयोग गर्ने इच्छा चाहना बढेको बताएका थिए |

अष्ट्रेलियामा सुरुवात गरिएको नेपाली सामुदायिक विद्यालयको अवधारणाले  नेपाली समुदायको सहयोगमा मात्र मुर्तरुप पाउन सक्ने बताउंदै संस्थापक पोखरेलले विगत एक बर्षको अवधिमा पाएको सहयोग निकै सह्रानीय रहेको उल्लेख गर्नुभएको थियो | “हाम्रो नेपाली पाठशाला” ले नेपाली अध्ययनका अतिरिक्त नेतृत्व शिप विकास तथा संस्कृतिक मनोरञ्जनका कार्यक्रमहरुमा समेत आफ्ना विद्यार्थीहरुलाई सक्रिय सहभागी गराउने गरेको छ | अष्ट्रेलियामा हुने उत्सब समारोहमा पाठशालाका बालबालिकाले आफ्नो प्रस्तुतिहरु देखाउँदै आएका छन् | वक्तृत्वकला,  नेपाली गीत, नृत्य आदिमा बालबालिकाहरुलाई सहभागी गराउने गरिएको छ |

हाम्रो नेपाली पाठशालाको शैक्षिक गतिविधिलाई परिष्कृत गर्दै लैजाने प्रक्रिया अनुरुप आगामी वर्षमा पाठ्यक्रम तयार गरि विद्यार्थीहरुलाई पुस्तक उपलब्ध गराइने संस्थापक कुसुम पोखरेले जानकारी दिनुभएको छ | पाठशालाको आगामी शैक्षिक सत्र फेब्रुअरी २, २०१५ बाट सुरु हुने बताइएको छ |

 

Please follow and like us:

Comments