शिक्षा मन्त्रालयले एमबिबिएस छात्रवृत्ति परिक्षाका लागि अर्को मिति तोकेको छ ।

एमबिबिएस छात्रवृत्तिका लागि हिजो लिइएको परीक्षा रद्द गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।  परीक्षा सुरुहुनु अगाडि नै गेल्डेनगेट कलेजको सेन्टरबाट प्रश्नपत्र आउट भएको कारण जनाउँदै परीक्षा रद्द गरिएको हो । प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिवार नै दुई प्राध्यापकसहित सातजनालाई पक्राउ गरेको थियो ।

मन्त्रालयले रद्द भएको परीक्षा यही २७ गते शनिवार पुन संचालन गर्ने जनाएको छ ।

Please follow and like us:

Comments