एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि हालतमा बहुमतीय आधारमा सविंधान बन्न नसक्ने दावी गर्नुभएको छ ।

काठमाण्डौमा आज आयोजित कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष दाहालले संसदमा जस्तो बहुमतीय प्रक्रिया संबिधानसभामा गर्न नमिल्दे जिकीर गर्दै यस्तो बताउनुभएको हो । उहाँले संबिधानसभालाई नियमित संसदजस्तो बनाउन प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली लागिपरेको उहाँको आरोप थियो ।

अबको एक दुईदिन भित्र सहमति नभए माघ ८ मा संबिधान नबन्ने भन्नुहुँदै उहाँले प्रत्यक्ष र समानुपातिक दुबै हुने मिश्रति निर्वाचन प्रणाली, सबैधानिक अदालत गठन हुने न्याय प्रणाली, प्रत्यक्ष निर्वाचित राष्ट्रपति समेटिएको मिश्रति शासकीय स्वरुप र १० प्रदेशको संघीयतामा दलहरुबीच सहमति भइसके पनि कंग्रेस एमाले पछाडी फर्केको आरोप लगाउनुभयो ।

Comments