नेपाल क्रिकेट संघ क्यानले आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टुको तयारीका लागि नेपाली राष्ट्रिय टोलीलाई १० दिन साउथ अफ्रिका पठाउने भएको छ ।

नेपाली टोली जनवरी ३ मा दक्षिण अफ्रिका जानेछ । नामिबियामा हुने जनवरी १७ देखि २५ सम्म हुने डिभिजन टुका लागि क्यानले दिवाकर घलेलाई टिम व्यवस्थापक तोकेको छ । सहायक प्रशिक्षकमा विनोद दास, टेक्निकल एनालिस्टमा रमन सिवाकोटी र फिजियोमा दिनेश भट्टलाई मनोनय गरिएको क्यानले जनाएको छ ।

क्यान कार्यसम्पादन समितिको हिजोकोे बैठकले राष्ट्रिय टोलीका १८ सदस्यलाई ग्रेडिङको आधारमा आचारसंहिता लागू गरी एक वर्षको अनुबन्ध गर्ने निर्णय समेत गरेको छ ।

Comments

comments