हिउँद शुरु भएसँगै अष्ट्रेलियामा पनि चिसो मौसम शुरु भैसकेको छ । विज्ञहरुको सुझाव अनुसार चिसो अथवा जाडो बढाउँने उत्तम विकल्प मध्येको सर्वोत्कृष्ट उपाय नाच्नु हो । यही कुरालाई मध्यनजर राखि अष्ट्रेलियामा यो आइतवार अर्थात डिसेम्वर ७ मा एउटा छुट्टै शैलीको डान्स कार्यक्रमको आयोजना गरिदैछ ।

छुट्टै यस अर्थमा कि यो डान्स शो कुनै सभाहल,थियटर वा सिनेमाघरमा नभई पानी जहाजभित्रको हलमा हुँदैछ । रक द क्रुज –२ नाम दिइएको यो डान्स पार्टीलाई मिला क्रियासन्सले आयोजन गर्न लागेको हो ।

चल्तीका विभिन्न नेपाली,हिन्दी तथा अँग्रेजी गीत संगीतको तालमा नाच्न पाइने रक द क्रुज –२ डान्स पार्टीमा सहभागी बन्न डिसम्वर ७ अर्थात यो आइतवार साँझ ५ः३० सम्ममा बोर्डिङ पास गरिसक्नुपर्नेछ । किनभने डान्स पार्टीको छुट्टै,रोमाञ्चक यात्राका लागि जहाज साँझ ठिक्क ६ बजे छुटिसक्नेछ ।

Comments

comments