मोहन वैद्य नेतृत्वको नेकपा माओवादीबाट अलग भएको नेत्रविक्रम चन्द पक्षले नयाँ पाटी घोषणा गरेको छ ।

राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन मार्फत नयाँ पार्टीको नाम नेकपा माओवादी राखिएको छ । पुस २३ देखि २६ गतेसम्म राष्टिय सम्मेलन बोलाइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । चन्दको संयोजकत्वमा गठित आयोजक समितिको प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई तोकिएको जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै चन्दले राष्ट्रिय स्वाधिनताको रक्षार्थ आफ्नो पार्टी सदैव क्रियाशील रहने बताउनुभयो । सत्तारुढ दल नेपाली कांग्रेसले १२ बुँदे समझदारी उल्लंघन गरेको आरोप लगाउँदै उसले इमान्दारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेको छ ।

साथै आफूहरु जंगल जाने, हतियार उठाउने वा युद्ध गर्ने भनी भ्रम फैलाइएको भन्दैे पार्टीले त्यसलाई खारेज गरेको जनाएको छ । चन्द नेतृत्वको माओवादीले टुक्राटुक्रा भएर विभाजित भएका सवै माओवादी पार्टीहरुलाई फेरि एकजुट बनाउने अभियान चलाउने समेत बताएको छ ।

Please follow and like us:

Comments