बलियो प्रतिद्वन्द्वी साउथहृयाम्पटनलाई पराजित गर्दै म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

गय राति भएको खेलमा १० खेलाडीमा सिमित सिटीले ३ ­ ० को जित हात पार्दै अंक तालिकामा साउथहृयाम्पटनलाई पछि पारेको हो । जितपछि सिटीले लिग लिडर चेल्सीसँगको अंक दुरी ६ मा झारेको छ । गएराती नै भएको अर्को खेलमा टोटनह्यामले एभर्टनलाई २–१ ले पराजित गरेको छ ।

उता एथ्लेटिको मड्रिड र डिपोर्टिभोका समर्थकहरुबीच भएको हिंसात्मक भिडन्तमा एक फुटबल समर्थकको मृत्यु भएको छ । स्पेनिस ला लिगा फुटबलमा डिफेण्डिङ च्याम्पियन एथ्लेटिको मड्रिड र डिपोर्टिभोबीच गय राति खेल हुनुअघि समर्थकहरुबीच भिडन्त भएको हो । झडपमा संलग्न भएको आरोपमा २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समर्थकको झडपपछि भएको खेलमा एथ्लेटिको मड्रिड २–० ले विजयी भएको छ ।

Comments

comments