विवादित विषयमा सहमति जुटाउन सक्रिय भएका मुख्य दलका नेताहरु राजनीतिक गतिरोध अन्त्यको प्रयासलाई जारी राख्न सहमत भएका छन् ।

उच्चस्तरीय राजनीतिक समितिको आज विहान बसेको बैठकले दलीय छलफललाई निरन्तरता दिने निर्णय गरेको हो । सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा उच्चस्तरीय राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बसेको थियो । दाहालको अध्यक्षता र सभामुखको रोहवरमा बसेको बैठकमा नेपाली कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहभागी थिए । एमालेबाट केपी ओली, झलनाथ खनाल र माधव नेपाल लगायतका नेता थिए । त्यस्तै एकीकृत माओवादीबाट दाहाल, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी थिए ।

बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्नमा जोड दिँदै सरकारलाई यसका लागि दवाव दिने निर्णय गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

Please follow and like us:

Comments