संसदको कृषि तथा जलस्रोत समितिले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई वैठकमा आउन फेरि पत्र पठाउने भएको छ ।

समितिको आज बसेको वैठकमा काबेली लगायत १३ वटा जलविद्युत आयोजनाको लाइसेन्स खारेजी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छलफल गर्ने निर्णय गरेको समितिका सभापति गगन थापाले जानकारी दिनुभयो । समितिको कहिलेको वैठकमा बोलाउने भन्ने चाहिँ टुङगो लागेको छैन । समितिका धेरै सदस्यहरु अहिले काठमाण्डौं बाहिर रहेकाले उनीहरु पनि यो विषयको छलफलमा सहभागी हुनुपर्ने भएकाले छलफल गरेर पछि समय टुंगो लगाउने उहाँले बताउनुभयो ।

यसअघि कार्कीले अर्थ समितिको वैठकमा बोल्दै शीर्ष नेताहरु भएको सुशासन बाहेक अन्य समितिमा नआउने बताउनुभएको थियो ।

Comments