अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान फिलिप ह्यूजले लगाउने गरेको ६४ नम्बरको जर्सी कसैले लगाउन नपाउने भएका छन् ।

६४ नम्बर अंकित जर्सी अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान फिलिप ह्यूजले लगाउने गरेका थिए । ह्यूजको खेलका क्रममा बलले गर्दनमा लागेर गएको बिहीबार निधन भएपछि उनीप्रति शोक जनाउँदै अष्ट्रेलियाले ६४ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरेको हो । २५ वर्षका ह्यूजको बलले लागेर गम्भीर घाइते भएको २ दिनपछि निधन भएको थियो ।

अष्ट्रेलियालाई एक दिवसीय क्रिकेटको ६४ नम्बरको जर्सीलाई हटाउन आग्रह गरेको ’ अष्ट्रेलियाली क्रिकेट टिमका कप्तान माइकल क्लार्कले बताएका छन् ।
ह्यूजको आगामी बुधबार अन्त्येष्टि गरिने छ ।

Comments