इमरान हाशमी र कंगना रनोटद्धारा अभिनीत वाली फिल्म उंगली बक्स अफिसमा रिलीज भईसकेको छ ।

कंगनाको लागि यो वर्ष रामै्र फापेको छ । उनले वर्षको सुरुवातमा क्वीनको सफलताबाट गरेकी थिईन भने यो वर्षको अन्त्य उंगली फिल्मको सफलताबाट गर्न चाहन्छीन । कंगनाले आफ्नो करियर २००४ मा आई लव यू बसु नामक फिल्मबाट गरेकी थिईन । यद्यपी बलीवुडमा उनको पहलो फिल्म ग्याङगस्टर हो । जसमा उनले इमरान हाशमी र  शाइनी आहूजासंग काम गरेकी थिईन । यस फिल्ममा कंगनाको अभिनय दर्शकले निकै मन पराएका थिए । यहा सम्मकी फिल्म समीक्षकले उनलाई बलीवुडको सफल हीरोइन पनि भन्न भ्याएका थिए । तरपनि यसपछि उनले लम्हेु, ुशाकालाका बूम बूमु, लाइफ इन मैट्रो जस्ता फिल्महरु दईन । यी फिल्महरुले बक्स अफिसमा खासै स्थान पाएनन् ।

२००८ मा उनले प्रियंका चोपड़ासंग फैशनमा काम गरेकी थिईन । जुन बक्स अफिसमा सफलता हासिल गरेको थियो । कंगनाले अहिलेसम्म तनु वेड्स मनुु, कृष थ्री, क्वीन जस्ता फिल्ममा आफ्नो अभिनयबाट चर्चा बटुलेकी छन् । ती फिल्ममा उनी डिफ्रेन्ट लुक्समा देखिएकी छन् । आफ्नो यस स्टाइलमा उनले एक अलग पहिचान बनाउन सफल भएकी छन् ।

Comments