विश्कपको ८०० औं खेलमा उपाधिको दावेदार मानिएको जर्मनीले घाना विरूद्दको खेलमा २-२ को बराबरी खेलेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा दुवै टिमबाट कुनै गोल हुन सकेन ।
खेलको ५१ औं मिनेटमा मारीयो गोट्जेले गोल गरेपछि जर्मनीले अग्रता लियो तर त्यसको तिन मिनेट नबित्दै घानाले गोल फर्कायो र खेल बराबरीमा ल्यायो । खेलको ६३ औं मिनेटमा घानाका गायेनले गोल गरेर घानालार्इ अग्रता दिलाए । तर सब्स्टिच्युट भएर मैदान प्रवेश गरेका मिरोस्लाभ क्लोसले ७१ औं मिनेटमा किर्तिमानी गोल गर्दै खेल २-२ को स्थितिमा ल्याए । क्लोसले उक्त गोल पछि विश्वकपमा व्यक्तिगत १५ गोल पुर्याए र ब्राजिलका रोनाल्डोसंग विश्वकपमा सबै भन्दा बढि गोल गर्ने खेलाडिको रूपमा नाम लेखाए ।
त्यसै गरी अर्को खेलमा नाइजेरियाले बोस्निया हर्जगोभिनालार्इ १-० ले हरायो । २९ औं मिनेटमा खेलको एक मात्र गोल नाइजेरीयन खेलाडि पिटर ओडेमवीङ्गीले गरेका थिए ।
विश्वकपमा आज बेल्जियम विरूद्द रूस, दक्षिण कोरीया विरूद्द अल्जेरीया तथा पोर्चुगल र अमेरिका भिड्दैछन् ।

Comments