सार्क सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौमा गुड्ने सवारी साधनमा लागु गरीएको जोर बिजोर प्रणाली आज १२ बजेबाट फुकुवा भएको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न सोमबारबाट लागू भएको जोर–बिजोर प्रणाली सार्क सम्मेलनका लागि आएका सदस्य राष्ट्रप्रमुख, सरकारप्रमुख तथा विशिष्ट व्यक्ति १२ बजेभित्र स्वदेश फर्किसक्ने भएपछि हट्ने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १२ बजेपछि उपत्यकाका सडकमा गुड्ने कुनैपनि सार्वजनिक तथा निजी सवारीलाई जोर–बिजोर प्रणाली लागू हुने छैन ।

सम्मेलनका कारण पाँच दिनदेखि सर्वसाधारणले सास्ती बेहोरिरहेकाले सम्मेलन सकिएलगत्तै सवारी आवागमन सहज बनाउन यो प्रणाली हटाउने निर्णय गरिएको महाशाखाले जनाएको छ । सरकारले मंसिर ८ देखि जोर गतेका दिन जोर नम्बरप्लेट र बिजोर दिनमा बिजोर नम्बरका सवारी मात्र चल्न पाउने व्यवस्था गरेको थियो ।

Please follow and like us:

Comments