व्यवस्थापनमा भौगर्भिक सूचना प्रविधि जिआईएसको महत्व र अवस्थाबारे दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका विज्ञबिच पोखरामा छलफल सुरु भएको छ ।

भुटानको सार्क फरेस्ट्री केन्द्र र वन विज्ञान अध्ययन संस्थानको आयोजनामा छलफल सुरु भएको हो। दुईदिने उक्त छलफलमा ५ वटा दक्षिण एशियाली मुलुकका १० जना जिआईएस विज्ञ सहभागि छन् । बंगलादेश, भुटान, मालदिभ्स, नेपाल र श्रीलंकाका विज्ञ छलफलमा सहभागि छन् । छलफलमा विज्ञहरुले वन व्यवस्थापनमा जिआईएस प्रविधिको भूमिकाबारे अनुभव साटासाट गर्ने वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक बिनोदप्रसाद हैँजुले बताउनुभयो ।

Comments

comments