सशस्त्र प्रहरीको बीओपी मटिहानीले आज दश केजी चाँदीसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने भारत बिहार राज्यको मधुबन्नी जिल्लाको मधवापुर वडा नं ४ बस्ने दिलिप कुमार साह र बडा नंम्बर ८ बस्ने रोशन कुमार साह रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय महोतरीका सशस्त्र प्रहरी उपरिक्षक धिरेन्द्र पाण्डेले जानकारी दिनुभयो । चाँदी बोकेर भारत तर्फ जाँदै गर्दा चेक जाँचको क्रममा सशस्त्र प्रहरीले जिल्लाको मटिहानी ८ स्थित महावीर मंदिर नजिक दुवै जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय महोतरीले पत्रकार सम्मेलनको आयोजना गरी चाँदीसहित पक्राउ परेकोबारे जानकारी गराएको हो ।

Comments

comments