विश्वकपको समूह ‘एफ’ को खेलमा अर्जेन्टिनाले इरानलार्इ १-० ले हराउदै अन्तिम सोह्रमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक रहेको खेलमा पहिलो हाफमा कुनै गोल हुन सकेन । फिफा र्याङ्किङ्कमा पाँचौ स्थानमा रहेको अर्जेन्टिनालार्इ ४३ औं स्थानमा रहेको इरानले ९० औं मिनट सम्म पनि कुनै गोल गर्न दिएन तर इन्जुरी टाइममा अर्जेन्टेनि स्टार लियोनल मेस्सिले गरेको उत्कृष्ट गोलसँगै इरानले खेल हार्न पुग्यो । यो जितले अर्जेन्टिनाको ६ अंक पुगेको छ र एक खेल अगावै नक आउट चरणमा आफ्नो स्थान बनाएको छ । विश्वकपमा आज जर्मनी र घाना तथा नाइजेरी विरूद्द बोस्निया हर्जगोभिना भिड्दैछन् ।

Comments

comments