नेपाली नेताहरुले जहाँ बाट सोच्न बन्द गर्छ्न मोदिले त्यहाँ बाट सोच्न सुरु गर्छन्  । नरेन्द्र मोदी , भारतिय प्रधानमन्त्री । बिश्व राजनितिमा उदाएका एक शक्तिशाली  हस्ती । बिश्वका २० शक्तिसाली ब्यक्तिहरु मध्य आफ्नो नाम दर्ज गराउन सफल भएका एक यशियाली नव पुटिन । धर्मको जगबाट राजनितीमा छिरेका र विकासको नारा उठाउदै , गुजरात मोडल देखाउदै भारतिय राजनितिमा सबै राजनितिक पाटिहरुलाई एतिहासिक लोप्पा खुवाउदै पूर्ण बहुमतका साथ भारतीय सत्ता समाल्न पेगेका एक चतुर ,बिकास प्रेमी अनि दमदार भाषण कर्ता ।

10818626_10204401404146968_255827014_n

लक्ष्मण गौतम, हाल लन्डन-युनाइटेड किंगडम

नेपाल र भारत बिचको सम्बन्धमा १७ बर्ष देखी लागेको ग्रहण लाई चिर्दै नेपाल भ्रमण गरेका र नेपालको संविधान सभामा एक चमत्कारिक भाषण गर्दै नेपालिको मन जित्न सफल भएका एक कुशल नेता । नेपालको सम्सदमा , भारतको नया दिल्लीको लाल किल्लामा , अमेरिकाको युएन मा बुद्ध नेपालमा जन्मेका हुन भन्दै नेपालको शान्ती प्रकृयाको गुणगान गाउदै समस्त नेपालिको मन जित्न सफल भएका एक चाणक्य भन्दा पनि माहिर राजनितिक खेलाडी । के मोदीले नेपाल नीति साच्चै परिवर्तन गर्न लागेका हुन् ? भारतले झन्डै ६ दशकपछि नेपाल नीति पुनरावलोकन गर्न लागेकै हो त ? यी प्रश्नको जवाफ खोज्न केही समय कुर्नैपर्छ ।आज हाम्रा नेताहरु वा उच्च ओहोदाधारिहरु मोदिको त्यो बिकास मिशन र त्यो लक्ष्य प्राप्तिका लागी उनलाई पर्ने नेपालको आवस्यकता लाई राम्रो सँग बुझी तेस बाट कसरि बढी भन्दा बढी फाईदा लिने भनेर सोच्नु वा वार्गेनिङ गर्नु भन्दा पनि कसरी आफु सत्तामा पुग्ने वा सत्तामा बसी रहने वा आफ्ना छोरा छोरिलाई मेडिकल , ईन्जिनीयरिङ्ग का एकाध सिट , आफ्नो निर्वाचन क्षेत्रमा एउटा बिद्यालय वा बाटो घाटो बनाउने कुरामा सिमित छ । यो नेपाली नेताहरुको कमिना पन नै हो । आफ्नो स्वार्थ केन्द्रीत राजनिती नै हो। मोदिको सम्बोधनले वा भाषणले समस्त नेपालीको रोम रोममा एक झंकार उत्पन्न भयो, कठोर भन्दा कठोर हृदयहरु पनि आत्मीयताको घुम्टो भित्र नतमस्तक बन्न पुगे | आफू नेपाली हुनु को गर्व ले नेपाली छाती भाव विह्वल बन्न पुग्यो | उनले नेपाल भारत बिचको भावनात्मक सम्बन्ध लाई चरम चुलीमा पुर्याएका छन् | उनले नेपाली स्वयं ले आफू भित्र रहेको तर नदेखेको अपार सम्भावनाका क्षितिज देखाएका छन | नेपाललाई सहयोग गर्ने भन्ने जस्तो दासता पूर्ण ऐतिहासिक सोच को साटो नेपाल संग बजार अभिमुखीकरणको आधारमा सहकार्य गर्ने भन्ने जस्तो बिशाल हृदय र रणनीतिक सोचको उजागर गरेका छन् |

बुद्द जन्मेको भूमि नेपाल नै हो भन्नेमा पटक पटक आफ्नो मत जाहेर गरी विश्व रंगमंचमा अलिनो र रुग्ण बनेको नेपालको पहिचानलाई अझ उज्यालो बनाएका छन् | हत्या र युद्दले आक्रान्त बनेको विश्व रंग मन्चका कर्ता हरुलाई बुलेट वाट नभई ब्यालेट वाट हर तरहको समस्याको समाधान मिल्न सक्छ भन्ने पाठ सिकाउन आज तपाइँलाई मात्र युगिन अवसर मिलेको छ र तपाईले समयमै संबिधान बनाउन सक्नु भयो भने नेपाल लाई मात्र होइन शान्ति तर्फ अभिमुख हुन चाहने समस्त विश्वलाई अपार गुन लाग्ने छ भनेका छन |

त्यसैले आज हामी नेपाली एक आपसमा जातीय र धार्मिक पहिचानका लागी लड्नु भन्दा मोदिले देखाएको बाटो हिड्नु जरुरी छ । सबै मिलेर सम्बिधान बनाउन दवाब सृजना गरौ । सबैले अपनत्व ग्रहण गर्न सक्ने संविधान बनायौ भने नेपालमा द्वन्द सदाका लागी अन्त हुनेछ अनि नेपाललाई बिकास को बाटोमा अगाडी बढ्न कुनै माईकलालले पनि रोक्न सक्ने छैन  । नेपाल सँग एक विकसित राष्ट्र हुनका लागी चाहिने सबै पुर्बाधारहरु वा आधारहरु छ्न्  बस त्यसको  सही प्रयोग गर्न सक्ने क्षमतावान नेताको आवश्यकता  छ।

Comments