हङकङविरूद्धको एक मात्र टि २० खेलमा नेपाल पराजित भएको छ । श्रीलंकामा आज खेलमा नेपाल २ विकेटले पराजित भएको हो ।

अत्यन्त रोमाञ्चक रहेको खेलमा हङकङले मात्र १ बल बाँकी रहँदा जित हात पारेको हो । ७३ रनको झीनो लक्ष्य लिएर जवाफी व्याटिङ गरेको हङकङलाई जितका लागि अन्तिम ओभरसम्म कुर्नु परेको थियो । हङकङका लागि अजिज खानले अविजित २१ रन जोडेका थिए भने अनास खानले पनि २१ रन नै जोडेको थिए । नेपालका लागि शक्ति गौचन र सागर पुनले समान २ ­२ विकेट लिएका थिए भने सोमपाल कामी, अमृत भट्टराई र पारस खड्काले समान १­ १ विकेट लिएका थिए ।

राम्रो सुरुवाती गर्न नसकेको नेपाली टोलीका लागिसोमपालले १८ औ ओभरमा ३ चौका र १९ औ ओभरमा आउट हुनुअघि २ छक्का प्रहार गर्दै दुई ओभरमा २५ रन जोडे । उनले केहीहदसम्म टोलीलाई उकासेपनि नेपालका भरपर्दा भनिएका एक पनि ब्याटस्म्यान लामो समय क्रिजमा टिक्न नसक्दा मात्र ७२ रन जोड्दै नेपाली टोली अल आउट भएको थियो ।

Comments

comments