चर्चित भारतीय टेलिभिजन शो ‘डान्स इन्डिया डान्स’ लिटिल मास्टर्सको तेस्रो संस्करणको उपाधी नेपाली चेली तेरिया फौजा मगरले जितेकी छन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा अन्य तीन जना प्रतिष्प्रर्धीलाई पछि पार्दै तेरियाले उपाधी हात चुमेकी हुन ।

तेरियासँगै फाइनल पुगेकी दार्जिलिङकी ८ वर्षिया अनुश्का क्षेत्री दोस्रो, बैंग्लोरका १० वर्षीय सदविन सेट्टी तेस्रो तथा मुम्बईका १३ वर्षिय हार्दिक रुपारेल चौथो भए ।
अडिसन राउन्डदेखि नै अत्यन्त उत्कृष्ट नतिजा प्रस्तुत गर्दै आएकी ११ वर्षिया तेरियाले १४ वर्षसम्मका ४० हजारभन्दा बढी प्रतिस्प्रर्धीलाई पछि पार्दै उपाधी पोल्टामा पारेकी हुन । उपाधी जितसँगै उनले ८० लाख नेपाली रुपैयाँ तथा एउटा कार पाएकी छन् । नृत्यमा गज्जबको एक्सप्रेसनले धेरै दर्शकको मन जित्न सफल प्रशंसा नेपाललगायत विभिन्न देशमा भैरहेको छ ।

बुटवलस्थित बागेश्वरी संगीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ अध्ययरनरत छिन् । उनकी आमा सोही विद्यालयको क्यान्टिन सञ्चालन गर्छिन भने बुबा रोजगारीको सिलसिलामा दुवइमा छन् । उनी फिनालेको दिन पुणेमा पुगेका थिए ।

Comments